‘एसीसी यु-१९ एसिया कप’ क्रिकेट आज देखी

१९ भदौ २०७६, बिहीबार, काठमाडौँ । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता आज बिहीबार देखि श्रीलङ्कामा सुरु हुँदैछ । श्रीलङ्कामा हुने आठौँ संस्करणको एसीसी यु-१९ एसिया कप क्रिकेट समूह ए’ मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत रहँदा समूह ‘बी’ मा आयोजक श्रीलङ्का,बङ्गलादेश, नेपाल र युएई छन् ।कोलम्बोमा हुने उक्त प्रतियोगिताको सुरुको दिनमा समूह ‘ए’का दुई खेल हुने छन् भने प्रतियोगिताको उद्घाटन खेलमा भारत भारत यु-१९ र कुवेत यु-१९ बिच प्रतिस्पर्धा हुनेछ ।

यस्तै अर्को खेलमा पाकिस्तान यु-१९ र अफगानिस्तान यु-१९बीच खेल हुनेछ । दुवै खेल नेपाली समय अनुसार बिहान ९: ४५ बजे सुरु हुनेछ ।एसीसी यु-१९ एसिया कप क्रिकेट ट्रफिका सहभागी देशका कप्तानहरू  नेपाल सम्मिलित समूह ‘बी’ को खेल भने भोलिबाट खेल सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्कासँग खेल्नेछ । नेपालले श्रीलङ्कासँग शुक्रवार खेल्नेछ ।यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बङ्गलादेश यु-१९ र अन्तिम खेलमा भदौ २४ गते युएई यु-१९ सँग खेल्नेछ ।

हाल सम्म सात संस्करण मध्ये भारतले पाँच पटक उपाधि जितेको छ । अफगानिस्तानले एक पटक २०१७ मा उपाधि जितेको छ । श्रीलङ्का र बङ्गलादेशले अहिले सम्म उपाधि जित्न सकेका छैनन्। भारतले २०१२ मा पाकिस्तानसँग उपाधि बाँडेको थियो । सन् २०१७ मा भने भारत फाइनलमा पुग्न सकेन । त्यसै वर्ष नेपालले भारतमाथि १९ रनको रोमाञ्चक ऐतिहासिक जित हात पारेको थियो । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल विजेताले फाइनल खेल खेल्नेछन्।

Related posts

Leave a Comment