फुटबल खेल्दै गर्दा चट्या’ङ लागी यसरी ढले खेलाडी (भिडियो)

एजेन्सी । जमैकामा भइरहेको एक फुटबल म्याचमा खेल्दै गर्दा चट्या’ङ परे पछि कैयौँ खेलाडीहरूलाई उपचार गर्नु परेकको छ । वुल्मर्स बोयज स्कुल र जमैका कलेजबिच सोमवार भएको म्याच सकिनलाग्दा चट्या’ङ परेको थियो ।उक्त घट’नाको फुटेजमा चट्या’ङ परेपछि दुई जना खेलाडी घुँडा मारेर बसेको र टाउको समातेको देखिन्छ । त्यसपछि पनि म्याच चालू रहन्छ तर अन्य खेलाडी र प्रशिक्षकहरूले खेलाडीलाई गाह्रो भएको थाहा पाएर सहायता गर्न दौडिन्छन् ।

पाँचजना खेलाडीलाई अप्ठ्यारो परेपछि रेफ्री कार्ल टाइरेलले खेल बन्द गरेका थिए । जमैका कलेजका टेरेन्स फ्रान्सिस र वुल्मरका ड्वेन एलेनलाई निकै चोट लागेको र उनीहरूलाई युनिभर्सिटी हस्पिटल अफ द वेस्ट इन्डीजमा उपचारका लागि लगिएको थियो । एलन उपचारपछि घर फर्किएको अनि फ्रान्सिस अस्पतालमा निको भइरहेको बताइएको छ ।

यो पनी पढ्नुहोसः पशुपति शर्माको यो वर्षको नयाँ दसैँ गीत ‘कान्छी बुहारी’ (भिडियो)
काठमाडौँ । नेपालीहरूको महान् चार्ड बडा दसैँ नजिकिँदै गर्दा दशैका गीतहरू बजारमा आउने क्रम बढ्दै गएको छ । देश तथा विदेशका साङ्गीतिक कार्यक्रममा व्यस्त रहेका लोकप्रिय गायक पशुपति शर्माले यो वर्षको नयाँ दसैँ गीत “कान्छी बुहारी” युट्युब मार्फत सार्वजनिक गरेका छन् । चर्चित गायिका सम्झना भण्डारी र पशुपति शर्माको स्वर रहेको यस गीतमा पशुपति शर्माकै शब्द सङ्गीत रहेको छ । गीतको भिडियो निकै उत्कृष्ट बनेको छ । जसमा गायक गायिका दुवै जनाले अभिनय गरेका छन् । दुर्गा पौडेलको निर्देशनमा तयार भएको भिडियो लाई गिरमान सोहन कुमालले खिचेका हुन् भने , नवीन घर्ती मगरको सम्पादन हो । दुलहा दुलही बनेर प्रस्तुत भएका पशुपति शर्मा र सम्झना भण्डारीलाई अभिनयमा सविता गुरुङ लगायतका अन्य धेरै कलाकारहरूले साथ दिएका छन् । भिडियो पशुपति शर्माको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । भिडियो हेर्नुहोस्

यो पनीः म्यानमारमा रमाउँदै तेरिया र स्वस्तिमा (फोटो फिचर)
काठमाडौँ । एक पछि अर्को चलचित्र बाट सफलता हात पार्दै आएकी अभिनेत्री स्वस्तिमा खड्का यति बेला छुट्टी मनाउन म्यानमार पुगेकी छिन् । गत वर्ष रिलिज भएको स्वस्तिमा अभिनीत चलचित्र बुलबुलले सोचेभन्दा राम्रो व्यापार गर्न सफल भयो , त्यसपछि ‘हजार जुनी सम्म’ चलचित्रमा काम गरेकी स्वस्तिमालाई यस चलचित्र बाट भने खासै राम्रो तारिफ पाएन । यस्तै श्रीमान् श्रीमती नै जोडी बनेर अभिनय गरेको चलचित्र “घामड सेरे” को पनि भर्खरै मात्र पोस्टर सार्वजनिक भएको छ, तर; पोस्टरमा स्वस्तिमा अटाएकी छैन ।

म्यानमारमा चर्चित डान्सर तेरिया फौजा मगर पनि पुगेकी छिन् । तेरिया र स्वस्तिमाले म्यानमारका सुन्दर दृश्यहरुमा रमाइरहेका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।  

 

 

Related posts

Leave a Comment