आमा बन्दै ‘चपली हाइट’की अभिनेत्री विनिता बराल

काठमाडौँ । चलचित्र ‘चपली हाइट’की अभिनेत्री विनीता बराल आमा बन्ने भएकी छिन् । अभिनेत्री विनीता बरालले ‘सर्प्राइज’ भन्दै आफू गर्भवती भएका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएकी छिन् । केही वर्ष यता अमेरिकामा बस्दै आएकी उनले गर्भवती भएका तस्बिर फेसबुकमा पोस्ट गर्दे आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । तिलक पौडेल सँग विवाह गरेर अमेरिका गएकी उनले फेसबुकमा ‘सानी विनीता आउँदै छिन्’ क्याप्सन लेखेकी छिन् ।

पति तिलक पौडेललाई समेत ट्याग गर्दै गरेको पोस्टमा विनीताका प्रशंसकले बधाई दिएका छन् । पछिल्लो समय कृषि पेसा र किताब लेखनमा रहेकी विनीताले अमेरिकी ग्रिन कार्ड होल्डर स्याङ्जाका तिलक पौडेलसँग गत साल बिहे गरेकी हुन ।अमेरिकाको भर्जिनियास्थित ‘वृन्दावन टेम्पल’मा उनीहरूको बिहे भएको थियो । पाँच वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट’ बाट राम्रो प्रतिक्रिया पाए पनि विनीता नेपाली फिल्म उद्योगमा खासै जम्न सकिनन् ।

Related posts

Leave a Comment