ज्ञानेन्द्र शाहीमाथि आ’क्र’मण गर्नेलाई ‘कायर’को संज्ञा दिँदै हिसाबकिताब खोज्ने गगन थापाको चेता’वनी

काठमाडौँ, १२ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस युवा नेता तथा पूर्व मन्त्री गगन कुमार थापाले सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही माथि शनिवार चितवनमा भएको आ’क्रम’णको घोर निन्दा गरेका छन्। शनिवार दिउँसो चितवन भरतपुरको चौविसकोठीमा ‘नेपालका लागि नेपाली’ नामक कार्यक्रमलाई सम्बोधन गर्न आएका भ्र’ष्टाचार विरो’धी अभिय’न्ताको छवि बनाएका ज्ञानेन्द्र शाही माथि उनी बसेकै होटेलमा पुगेर अज्ञात समूहले निर्घा’त कु’टपि’ट गरेको हो । शाहीको टाउकोमा ग’म्भीर चोट लागेको छ । उनको उप’चार अहिले काठमाडौँमा भइरहेको छ ।

कांग्रेस नेता थापाले शाहीमाथि आ’क्र’मण गर्नेलाई कायरको संज्ञा दिएका छन् । उनले भनेका छन्-‘ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने विचरा कायर हरुका बारेमा के टिप्पणी गर्नु? यो कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसंग माग्नुपर्छ।’शाहीमाथि शुक्रबार भरतपुरको चौविसकोठीमा नेपालका लागि नेपाली अभियानले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो आ’क्रम’ण भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आ’क्र’मण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहा’र गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आ’क्रम’ण गरेको हो ।

Related posts

Leave a Comment