पहिलो पटक डेटिंग जादै हुनुन्छ भने यी ५ कामहरु गर्दै नगर्नुस

पहिलो पटक डेटिंग जादै हुनुन्छ भने यी ५ कामहरु गर्दै नगर्नुस : आफुलाई मन परेको मान्छे लाइ पाउनको लागि आजकाल प्रेमी प्रेमिकाहरु ले नगरेको केहि हुदैन ! मन परेको मानिसलाई पाउन को लागि जे गर्न पनि राजि हुन्छन ! एक अर्काप्रति कसरि आकर्षित हुने भन्ने बारेमा सकेसम्मको मरिहत्ते गर्छन ! तर यसरी गरेको मेहेनत कहिले काही खेरा जाने गर्दछ ! आकर्षित गर्ने मामिलामा पुरुष भन्दा महिलाहरु अगाडी छन् मन परेको पुरुष लाइ पाउन को लागि अनेकौ जुक्ति लगाउछन !

तर आकर्षित गर्ने नाममा अपनाइएका उपायहरु कहिलेकाहिं फेल खान्छ र ति पुरुषहरु महिलाबाट तर्किने गर्दछन् । तसर्थ हामी केहि टिप्स मार्फत जानकारी दिँदैछौ, महिलाले पुरुष आर्कषित गर्न यी काम गरे पुरुषले मन पराउदैछनन् । अझ पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ भने त यी कामहरु भुलेर पनि नगर्नुहोस् ।

१. धेरै मेकअप नगर्नुस्  : आफुलाई मन परेको पुरुष आर्कषित गर्ने नाममा केहि महिला धेरै मेकअप गर्दछन् । तर अधिकाशं पुरुषलाई धेरै मेकअप गर्ने महिला फिटिक्कै मन पर्दैन । तसर्थ मन परेको कुनै पुरुष आर्कषित गर्ने चाहनामा हुनुहुन्छ भने सकेसम्म कम मात्रामा मेकअप गर्नुहोस्, गाजल, लिपस्टिक र हल्का पाउडर मात्र लगाएर डेटमा गए सबैभन्दा उत्तम हुन्छ ।

२. डेटमा पुग्न ढिला नर्गनुस् : केहि महिला, पुरुषलाई कुराउनु पर्दछ भन्ने मानसिकता राख्दछन् । यसो गर्दा भेट्न आएको पुरुष आफुभन्दा पनी भेट्न आतुर छ भनेर देखाउने मनसाय हुन्छ । तर कुनै पनि पुरुषमा पर्खने वा धैर्य गर्ने क्षमता महिलामा भन्दा कम हुन्छ । तसर्थ यदि उनिहरुले तपाईलाई पर्खनु पर्याे भने ति पुरुष अर्काे भेटका लागी राजि नहुन सक्छन् । हुनत कसैले कसैलाई पर्खाउनु राम्रो होइन ।

३. भोकै नबस्नुहोस् : फिगर मेनटेनको नाममा केहि महिलाहरु पुरुषसंगको डेटमा सकेसम्म केहि नखाने वा भोको बस्ने गर्दछन् । तर भोको बस्ने महिला पुरुषलाई खासै मन पर्दैन । अझ यसो गरेमा तपाईलाई भेट्न आएको पुरुष समेत भोको बस्न बाध्य हुन्छ । केहि सिमित पुरुष बाहेक अन्य पुरुषहरु महिलाको फिगरमा भन्दा उनको सोच र ब्यवहारले प्रभावित हुने गर्दछन् ।

४. छोटा पहिरन नलगाउनुस् : छोटो पहिरन महिलाको आफ्नो स्वतन्त्रताको बिषय हो । तर कोहि पनि पुरुष आफ्नो प्रेमिकालाई छोटो पहिरनमा भेट्न चाहादैनन् । क्षणिक अवधिका लागी शरिरको भोको रहेका पुरुषले तपाईलाई छोटो पहिरनमा भेटे वा राम्रो देखिएको भने पनि कालन्तरमा उनिहरुले यहि बिषयले तपाईलाई छाड्न सक्छन् । तसर्थ सुन्दर देखिने नाममा छोटो पहिरन लगाएर जानु मुर्खता साबित हुनेछ ।

५. बनावटी कुरा नगर्नुहोस् : अरुको नक्कल गर्ने तथा बनावटि कुरा गर्ने महिला पुरुषहरुलाई मन पर्दैन । उनीहरु सिम्पल, साधारण तथा नम्र बोली ब्यवहारलाई मन पराउँछन् । त्यसैले तपाईं आफु जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोला । तर पुरुषलाई आकर्षित गर्ने नाममा आफ्नो दुःख, वेदना सुनाई हाल्नु हुँदैन । यसले तपाई प्रती दया जगाउन सक्छ माया होइन ।

Related posts

Leave a Comment