सोनीकाले लिइन् कपिल शर्माको अन्तरवार्ता । कपिलले गाए ‘रातो टिका निधारमा’ (भिडियो सहित)

काठमाडौँ। नेपाली युट्युबर सोनीका रोकायाले चर्चित भारतीय कमेडियन कपिल शर्माको अन्तर्वार्ता लिएकी छिन् । केही दिन पहिले फेसबुक मार्फत  उनले ‘द सोनीका सो’को लागि कपिल शर्मा सँग अन्तरवार्ता लिएको जानकारी दिएकी थिइन् । सोनीकाले कपिल सँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै कपिललाई निम्ता दिएकोमा धन्यवाद समेत दिएकी थिइन् ।

नेपालमा ‘वाउ नेपाल’ युट्युब च्यानलमार्फत कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी उनले ‘द कपिल शर्मा सो’का होस्ट कपिललाई भेटेकी हुन्।  उनले आफ्नो व्यक्तिगत च्यानल ‘द सोनीका सो’का लागि चर्चित कमेडियन कपिलसँग अन्तरवार्ता लिएको बताएकी छिन्।सोनीकाले कपिल सँगको अन्तर्वार्ता आइतबार आफ्नै युट्युब मार्फत सार्वजनिक गरेकी छिन् ।उक्त अन्तर्वार्तामा नेपाली गीत ‘रातो टिका निधारमा’ बोलको गित कपिलले गाएका छन् । कपिलले नेपाल र त्यहाँ रहेका नेपालीहरू निकै मन पर्ने पनि बताएका छन् ।  अन्तर्वार्ता अन्त्यमा सोनीकाले कपिललाई मायाको चिनो मार्फत नेपाली ढाका टोपी पनि दिएकी छिन् । बाँकी भिडियो हेर्नुहोस्

यो पनीः रानु मण्डलले गायक उदित नारायण सँग ‘कह रही है नजदीकिया’ गीतको रेकर्ड गरिन (भिडियो सहित)
एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जाल देखी युट्युब सम्म भाइरल भइन् एक भारतीय महिला । रेल्वे स्टेसनमा गीत गाएर गुजारा चलाउने रानूमण्डल एक भिडियोका कारण अहिले यो स्थानमा रहेकी छिन् । उनको पुरै जिन्दगी कायापलट भएको छ । रानुको जीवनमा आएको यस्तो परिवर्तनलाई भाग्यको खेल नै मान्नु पर्छ । रानु मण्डलले आफ्नो एक गीतले हरेक सबैलाई दिवाना बनाएको थियो ।बेघर महिला बाट एकाएक सेलीब्रेटी बनेकी रानु अव छिट्टै आफ्नो फ्यान्सहरुको लागी एक मेलोडियन गीत कह रही है नजदीकिया लिएर आउदै छिन् । यस गीतमा बलिउडका चर्चित गाएक उदित नारायण झा र हिमेशले पनि आवाज दिएका छन् । गाएक हिमेशले रानुलाई दोस्रो पटक ब्रेक दिएपछि हालै मात्र उनले आफ्नो अफिशियल ईन्स्ट्राग्राममा गीत रेकर्ड गरेको भिडियो सेयर गरेका छन् । जुन भिडियोमा रानुसंग उदित नारायणले पनि रेकर्डिङ् गरिरहेको देख्न सकिन्छ । फिल्म ‘हैप्पी एण्ड हार्डी’मा यस ‘कह रही है नजदीकिया’ एक क्लासिकल रोमांटिक गीत हुने छ ।

भिडियो हेर्नुहोस्ः

Related posts

Leave a Comment