हाँस्यकलाकार ‘जिग्रीपाँडे’ वि’रुद्ध मिडियाहवले दियो प्रहरीमा उ’जुरी

काठमाडौँ – हाँस्यटेलिसिरियल सक्किगोनी को टिम वि’रुद्ध मिडिया हबले प्रहरीमा उ’जुरी हालेको छ । नेपाली टेलिभिजन बाट प्रसारण हुँदै आइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’को टिम वि’रुद्ध मिडियाहवले प्रहरीमा कपी राइटको उ’जुरी हालेको हो । हाँस्य टेलिसिरियल ‘भद्रगोल’ का क्यारेक्टरहरू नक्कल गरेको भन्दै मिडिया हबले कपि राइटको उ’जुरी हालेकाले आफूलाई त्यस विषयमा छलफल गर्न महानगरीय प्रहरी परिसर टेकुबाट आफूलाई फोन आएको अर्जुन घिमिरे ‘पाँडे’ले जानकारी दिए ।

मिडिया हवले भने जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु आफ्नो उत्पादक भएको भन्दै तीनिहरुमा आफ्नो हक लाग्ने बताएको छ । उ’जुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको मिठिया हवले जनाएको छ । मिडिया हबसँग कुरा नमिलेपछि सोहि टिमले अहिले सक्किगोनी प्रशारणमा ल्याएको छ ।

Related posts

Leave a Comment