स्वा’स्थ्य स्या’हार क्षेत्रमा आफ्नै व्यवसाय सुरुवात गर्ने अ’स्ट्रेलिया’का नेपाली नर्स’हरू

अस्ट्रेलिया : नर्सिङ पढाइ सकेर अस्प’ताल वा वृद्ध स्या’हार केन्द्र’हरूमा काम गर्ने केही नेपाली पृष्ठ’भूमिका नर्स’हरूले यस क्षेत्रमा आफ्नै व्यवसाय’को समेत थालनी गरेका छन्।अस्ट्रेलिया’मा रजि’स्टर्ड नर्स भएर कुनै स्वास्थ्य सेवा प्रदा’यक संस्था’मा कर्म’चारीका रूपमा काम गर्ने नेपाली’हरूको सङ्ख्या उल्ले’ख्य रहे पनि आफैले यस्तो व्यव’साय सञ्चा’लन गर्ने नेपाली’हरूको स’ङ्ख्या न’गण्य रहेको छ।

भर्खरै नेपाली पृष्ठभूमिका नर्सहरूले पनि आफैँले नै स्वास्थ्य क्षेत्रमा केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। सिड्नी निवासी उषा नेपाल र राधिका शर्माले हेल्प अन ह्विल्स भन्ने निजी स्वास्थ्य सेवा प्रदायक संस्थालाई नेतृत्व प्रदान गरिरहेका छन् भने एसए डिस्याबिलिटि नामक संस्थाका संस्थापक मध्येका हुन् दक्षिण अस्ट्रेलियाका कमल दाहाल र लोक पौडेल।घरमा नै बसेर असक्त तथा असहाय व्यक्तिहरूले जतिखेर र जहाँ पनि स्वास्थ्य तथा दैनिकीमा सहयोग पाउने मूल मन्त्र बोकेको हेल्प अन ह्विल्स सन् २०१३ मा नै दर्ता भएको भएता पनि यसले बृहत् रूपमा सेवा प्रदान भने गरेको थिएन।

राधिका शर्मा (दायाँ) र उषा नेपाल (बायाँ) मिलेर हेल्प अन ह्विल्सलाई नेतृत्व गरिरहेका छन्।
source supplied

शर्मा र नेपाल दुवै जना रजिस्टर्ड नर्सका रूपमा सेन्ट भिन्सेन्ट अस्पतालमा काम गर्ने र त्यही क्रममा भेट भएको थियो।

नर्सिङ पृष्ठभूमि

उषा नेपाल र राधिका शर्मा दुबैमा यस स्वास्थ्य क्षेत्रमा नै किन आफ्नै व्यवसाय सुरु नगर्ने त भन्ने सोच पहिले देखि नै भएको र अन्ततः हेल्प अन ह्विल्स मार्फत सहकार्य गर्ने अवसर जुटेको थियो।त्यस्तै आफू पनि नर्सिङ विद्यार्थी र अस्पताल र वृद्ध स्याहार केन्द्रमा नै काम गरेकोले स्वास्थ्यसँग सम्बन्धित कुरामा सेवा दिने सोचले संस्थाको स्थापना गरिएको बताउँछन् एसए डिस्याबिलिटीका कमल दाहाल।

kamal dahal

नेपाल र शर्मा दुवै जना अस्पतालमा रजिस्टर्ड नर्सका रूपमा अझै पनि कार्यरत रहेका छन्।नर्सिङ पृष्ठ भूमिकै भएर अस्ट्रेलियाको स्वास्थ्य क्षेत्र, यसका नियम तथा काम गर्ने तरिका बुझेका कारण आफ्नै व्यवसाय सुरु गर्न सहयोगी भएको उनीहरूको भनाइ रहेको छ।

संस्था स्थापनाको उद्देश्य

संस्थाकी प्रमुख कार्यकारी अधिकृत राधिका शर्माले हेल्प अन ह्विल्स् को अवधारणाबारे यस्तो बताइन,”हामीले असक्त असहाय व्यक्तिहरू जो घरमा आफूहरू केही पनि गर्न सक्दैनन् उनीहरूलाई अरूको सहयोग चाहिन्छ त्यस्तो मानिसहरूको गुणस्तरीय जीवन दिनको लागी हामीले खोलेको हो।”प्रबन्धक उषा नेपालले यस संस्थाले वृद्ध तथा असक्त स्याहारको तालिम पनि दिने हुनाले ग्राहकहरूले दक्ष स्याहार कर्ताहरू बाट गुणस्तरीय सेवा प्रदान गर्ने बताएकी छन्।

यसले नेपाली भाषी वा पृष्ठभूमिका मानिसहरूलाई मात्र नभई अस्ट्रेलियाका सम्पूर्ण समुदायलाई नै लक्षित गरेर आफ्ना कार्यक्रमहरू ल्याएको उनीहरूको भनाइ छ।त्यस्तै दक्षिण अस्ट्रेलियामा केन्द्र सरकारले संयोजन गरेको राष्ट्रिय अशक्तता बिमा योजना (एनडीआईइस) सेवा सहज रूपमा प्रदान गराउन नेपाली भाषा बोल्ने समुदायलाई लक्षित गरेर एसए डिस्याबिलिटि केयर स्थापना गरिएको संस्थापक मध्येका एक कमल दाहालले बताएका छन्।

Nurse pushes female patient in wheelchair

उनका अनुसार एनडीआईइसले तोकेका धेरै क्षेत्रमा एसए डिस्याबिलिटि केयरले सेवा सुरु गरेको छ भने कालान्तरमा यो सेवा क्षेत्रलाई अरू फराकिलो बनाउने योजना रहेको छ ।कार्यक्रम सुरु भएको तीन महिनामा यस संस्थामा २० जना सेवाग्राही आबद्ध भएका छन् भने १५ जनाले रोजगारी पाएका छन् ।

मनोविज्ञान अध्ययन गरेका अर्का संस्थापक लोक पौडेलको भनाइमा यो संस्थाले सेवाग्राहीलाई सेवा मात्र प्रदान गरेको छैन समाजमा रोजगारीको सृजना पनि गरेको छ ।नेपाली भाषी भुटानी समुदायका अपाङ्गता भएका मानिसहरूको घरमा नै गएर दैनिक आवश्यक कार्यमा सहयोग प्रदान गरेर यो सेवाको सुरुवात गरिएको दाहालले एसबीएस नेपालीलाई बताएका छन्।

उक्त संस्थाले अपाङ्गता भएका र सरकारको एनडीआईइस अन्तर्गत रहेका ग्राहकहरूका सामाजिक आवश्यकता, यातायात सुविधा साथै नर्सिङ सेवा समेत प्रदान गर्दै आएको छ।”अपाङ्गता भएका व्यक्तिहरूको घरमा गएर दैनिक आवश्यकतामा सेवा दिने अर्को भनेको सामूहिक क्रियाकलापहरू गरिन्छ भने अर्को भनेको कसैलाई केही मदत चाहियो भने त्यसलाई समन्वय गरिदिने।”

अपाङ्गता भएका मानिसहरूमा भाषा नबुझ्ने समस्याका कारण कतिपय सेवा सुविधाबाट वञ्चित हुनु परेको कमल दाहालले बताएका छन्।त्यसैले उनीहरूकै भाषामा सरकारी अपाङ्गता बिमा योजनामा आबद्ध सहभागीहरूलाई शारीरिक र सामाजिक आवश्यकताका साथै सिर्जनात्मक अभ्यासका साथै आत्मनिर्भर समेत बनाइने उनले बताए।

र त्यस्तै बिचार राख्छिन् राधिका शर्मा पनि। तर उनले यो क्षेत्रमा धेरै चुनौती रहेको पनि बताएकी छन्।

चुनौतीहरु

स्याहार प्रदान गर्ने कर्मचारीको योग्यता र कार्य दक्षता देखि लिएर ग्राहकहरू नै पनि निकै चुनौती पूर्ण हुने शर्माले बताइन।”कतिपय ग्राहकहरूलाई उच्च स्तरको स्याहार चाहिन्छ र तपाइले घरमा नै प्रदान गरिने स्याहार दिँदाखेरि आफूले प्रत्यक्ष निगरानी गर्न पाउनु हुँदैन धेरै त्यसमा आफ्नै किसिमका जटिलताहरू हुन्छन्।”

सरकारी नियम अन्तर्गत रहेर काम गर्नु पर्ने भएकाले सरकारी मापदण्ड पुरा गर्नु नै पनि निकै चुनौती पूर्ण हुने उनको भनाइ रहेको छ।उषा नेपालले स्याहार कर्मीहरूलाई पर्याप्त तालिम दिने गरिएको भए पनि कतिपय अवस्थामा उनीहरू सँगसँगै गएर काम गर्न नसकिने भएकोले उनीहरू प्रति विश्वास गर्नु बाहेक विकल्प नरहेको बताइन।

“नर्सिङ होममा चाहिँ अरू पनि कर्मचारी हुन्छन् वृद्ध वृद्ध माथि दुर्व्यवहार भयो भने पनि देखिन्छ अब कसैले देख्छ र रिपोर्ट गर्छ तर होम केयरमा त्यो सम्भव हुँदैन।”

तर केयरर पनि होम केयर सेवाहरूमा बढी जोखिममा रहने उनीहरूको भनाइ छ।उषा नेपाल भन्छिन् अलि रिसाहा ग्राहक पर्‍यो र केयररलाई कुटपिट वा चिथोर्ने गर्‍यो भने तत्काल सहयोग नपाउने अवस्था हुन्छ।

यसको समाधानका लागी स्याहार कर्मीहरूलाई पर्याप्त तालिम दिने साथै बेला बेलामा ग्राहकहरूलाई गएर भेट्ने उनीहरू सँग कुरा गर्ने गरेको र उनीहरू आफूहरू द्वारा प्रदान गरिएको सेवाबाट कत्तिको सन्तुष्ट छन् भन्ने बारे पनि बुझ्ने गरेको उनले बताइन।

एसए डिस्याबिलिटीमा जस्तो हेल्प अन ह्विल्समा अहिले सम्म नेपाली भाषी वा सो समुदायका व्यक्तिहरू नै ग्राहक भने छैनन्।

काम, घर, बच्चा र व्यवसाय

हेल्प अन ह्विल्समा कार्यरत उषा र राधिका दुवै जना आफ्नै व्यवसाय बाहेक अस्पतालमा पनि रजिस्टर्ड नर्सका रूपमा कार्यरत छन्।आफ्नै व्यवसाय गर्दा जागिर खाए जस्तो नहुने भएकाले अतिरिक्त समय वा राति पनि यसलाई समय दिनु पर्ने हुन्छ।बालबच्चाका आमा दुवै जनालाई घरमा उनीहरूको स्याहार गर्नुका साथै, आफ्नो नियमित अस्पतालको काम र व्यवसाय सबैलाई मिलाएर लानु पर्ने चटारो छ।

तर सबै कुरा समय व्यवस्थापन कलामा भर पर्ने बताउँदै उनीहरूले एक समय तालिका नै बनाएर यी सम्पूर्ण कुराको लागी समय छुट्ट्याउने गरेको बताए।

उषा र राधिकाले नर्सिङ क्षेत्रमा आउन चाहनेलाई तालिम पनि प्रदान गर्दछन्।

कतिपय समयमा घरको कार्य र बच्चाहरूको रेखदेखमा श्रीमान् श्रीमतीको समझदारी हुनु आवश्यक रहेको उषा नेपालले बताइन।एक छोरा एक छोरीकी आमा उनले आफू व्यस्त भएको समयमा आफ्ना श्रीमान्ले छोराछोरीका आवश्यकता हेरिदिने गरेकाले पनि यो सम्भव भएको बताइन।

जुम्ल्याहा सहित ४ बच्चाकी आमा राधिका शर्मा पनि आफूहरूको यो प्रयासमा परिवारको सहयोग अत्यन्त धेरै रहेको बताउँछिन्।महिलाहरू विवाहित भएपछि वा बच्चा भए पछि कुनै काम गर्न सकिँदैन भन्ने सोचलाई परिवर्तन गर्नु पर्ने सन्देश समेत पठाउन चाहन्छन् उनीहरू।

शरीरलाई आफूले जस्तो बानी लगायो त्यसै अनुसार काम गर्ने भन्दै नेपाल र शर्माले आफूहरूले गरेको जस्तो काम गर्न इच्छा शक्ति हुनु पर्नेमा जोड दिए।राधिका भन्छन्, “तिन वटा मात्र काम जस्तो देखिन्छ यत्तिकै सरसर्ती हेर्दाखेरि तर त्यसको साइडमा अरू भूमिकाहरू हेर्नु भयो भने ५० भन्दा बढी होला।”

तर उषाका अनुसार लगनशीलता भए त्यो त्यति धेरै गाह्रो हुँदैन।”शरीरले जे पनि कोप गर्दो रहेछ भन्छु मैले, प्रमुख कुरा भनेको चाहिँ लगन हो। म के गर्न चाहन्छु भन्ने कुराले महत्त्व राख्दो रहेछ।” स्रोत : एसबिएस नेपालि 

Related posts

Leave a Comment