जनकपुरमा प्रम ओली र मोदीको पुत्ला जला’इयो

कार्तिक २४, काठमाडौँ । भारतले नेपालको विवा’दास्पद कालापानी क्षेत्र आफ्नो नक्सामा समेटेको विरो’धमा नेकपा क्रा’न्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । आइतबार जनकपुरको जनक चोकमा मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र जन गणतान्त्रिक मोर्चा धनुषाले संयुक्त रूपमा ओली र मोदीको पुत्ला जलाएको हो ।

राजधानी काठमाडौँमा पनि यसैको भारत वि’रुद्ध दिनहुँ प्रदर्शन भइरहेको छ । आज प्रदर्शनका क्रममा माइतीघर मण्डलाबाट १५ जनालाई प्रहरीले निय’न्त्रणमा लिएको थियो । तस्विर/भिडियो स्रोतः टुडेपाटी

Related posts

Leave a Comment