नेपाल भारत सीमास्तम्भमामा पुगेर कलाकार कुमार कट्टेलले भने, ‘मातृभूमिको सुरक्षा गर्नु पहिलो कर्तव्य हो’

काठमाडौँ। नेपाली सीमा अति’क्र’मण गरी भारतले आफ्नो नयाँ नक्सा बनाएपछि अहिले देशभर यसको विरो’ध भइरहेको छ । नेपाली भूभाग लिम्पियाधुरा देखि लिपुलेक सम्मलाई भारतले समेटेर नक्सा बनाए पछि नेपाली नागरिकले विरो’ध गर्दै नक्सा सच्याउन माग गरेका छन् ।

यसैक्रममा धेरै कलाकार तथा सामाजिक अभियन्ताहरुले पनि फेसबुकमा आफ्ना बिचारहरु राखेका छन् । यस्तै चर्चित हास्य कलाकार कुमार कट्टेल जिग्रीले आफ्नो फेसबुकमा मातृभूमिको सुरक्षा गर्नु पहिलो कर्तव्य हो भन्दै एक तस्बिर शेयर गरी स्टाटस लेखेका छन् ।तस्बिरमा उनी नेपाल भारत सीमा स्तम्भमा ह’तियारसहित उभिएका छन् । नेपाल भारत सीमा स्तम्भमा हतियारसहित उभिएर खिचेको उक्त तस्बिर शेयर गर्दै उनले लेखेका छन्: “हरेक नागरिक बिना बर्दी को सिपाही हौ र यो मातृभूमि को सुरक्षा गर्नु हामी सबै को पहिलो कर्तब्य हो ❤️ जय नेपाल  🇳🇵

Related posts

Leave a Comment