सचिन तेन्दुलकरले प्रधानमन्त्री ओलीसँग गरे भेट

काठमाडौं  मंसिर १,। भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकर नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्री के पी शर्मा ओली संग भेट गरेका छन् ! प्रधानमन्त्री के पी शर्मा ओली लाइ भेट्न को लागि सचिन तेन्दुलकर आइतबार बालुवाटार पुगेका थिए !युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर अस्ति (शुक्रबार) नेपाल आएका हुन् । उनले शनिबाबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए । आज बिहान उनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्द्धनमा नेपाल सरकारले गरेको प्रयासको सह्राहना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस  !पूर्व राजा परिवार सँग नायिका पूजाको भेटघाट, सार्वजनिक गरिन् तस्बिर (तस्बिर सहित)

काठमाडौँ १ मङ्सिर / चर्चित अभिनेत्री पूजा शर्मा पछिल्लो समयको महँगी नायिका हुन् । उनी अभिनीत चलचित्र “पोइ पर्‍यो काले” देशै भरको हलमा प्रदर्शन भइरहेको छ भने, नायिका शर्माको आफ्नै चलचित्र ” म यस्तो गीत गाउँछु २” को छायाङ्कन पनि भइरहेको छ’ जसमा पल शाह र पूजालाई प्रेम जोडीको रूपमा देख्न पाइने भएको छ ।

पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको चलचित्र “पोइ पर्यो काले” ले राम्रो सफलता हासिल गरेको छ । खस्किँदै गएको फिल्मनगरीलाई केही राहत यश चलचित्रले दिएको निर्माण टिम बताउँछन् । चलचित्र छायांकनमा व्यस्त रहेकी नायिका पूजा शर्माले पुर्व राजा परिवार सँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

राजा परिवारलाई किन भेट्न पुगिन् पूजा शर्मा भन्ने चाहिँ केहि खुलाइएको छैन, उनले पुर्व राजा ज्ञानेन्द्र शाह , र पुर्वयुवराज पारस शाहको श्रीमती हिमानी शाह सँग कैद गरेको सेल्फि सामाजिक सञ्जालमा राखेका छन् ।

Related posts

Leave a Comment