‘द भ्वाइस अफ नेपाल’ पुगे चक्लेटी नायक आर्यन (फोटो फिचर)

काठमाडौँ / मङ्सिर ६ गते देखि प्रदर्शन हुने फिल्म ‘च च हुई’ यति बेला प्रमोसनको क्रममा छ । फिल्मका कलाकारहरू फिल्मको प्रमोसन गर्ने निकै दौडधुप गरिरहेका छन् । फिल्मको प्रमोसनको क्रममा ‘च च हुई’ टिम फेन्चाइज रियालिटी गायन सो ‘द भ्वाइस अफ नेपाल’ मा पुगेका थिए । शनिवार प्रसारण भएको १८ औँ एपिसोडमा आर्यन सिग्देल र भोलाराज सापकोटा उपस्थित थिए । उनीहरू प्रतियोगीको प्रस्तुतिमा निकै झुमिरहेका थिए ।

फिल्मका नायक आर्यन सिग्देलले पनि भ्वाइसको कोचहरुसँगको केही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । फिल्ममा आर्यन र भोलाराजसँगै मिरुना मगर, माहोत्से गुरुङ लगायत कलाकारको अभिनय रहेको छ । साम्तेन भुटियाको निर्देशनमा बनेको फिल्ममा अमृत गोले लामाको लगानी रहेको छ । शिशिर खत्रीले छायाङ्कन गरेको फिल्ममा निर्देशक भुटियाले सम्पादन गरेका हुन् । तस्बिर हेर्नुहोसः

Related posts

Leave a Comment