अस्ट्रेलियामा सयौँलाई रोजगारी मिल्ने सबभन्दा ठुलो गाँजाको फ्याक्ट्री खुल्दै…

सिड्नी । देशको सबैभन्दा ठुलो मेडिकल गाँजा उत्पादन प्लान्टको योजना स्वीकृत भएपछि सयौँलाई छिट्टै अस्ट्रेलियामा रोजगारी पाउने भएका छन् । मेडिसिनल गाँजा उत्पादक लिफकेनलाई गाँजा अनुसन्धान र मेडिकल गाँजाको लागि तीन वर्षको लागि अनुमोदन गरिएको छ, यसको मतलब यसले ५० मिलियन डलरको स्टार्ट–अप खेती र प्रशोधन केन्द्रको निर्माण कार्य गर्न सक्दछ। एडिलेडमा अवस्थित अनुसन्धान सुविधाको आकार दुई गुणाको हुनेछ । यो प्लान्टमा कम्तीमा २०० देखि ८०० जनाले रोजगारी पाउनेछन् ।

उक्त प्लान्टको स्थान सुरक्षाका कारण गोप्य राखिएको छ । अष्ट्रेलियामा यो प्लाप्टको मुल्य सन् २०२५ सम्ममा एक बिलियन डलर हुने अनुमान गरिएको छ ।

यो पनी पढ्नुहोसः अस्ट्रेलियामा बस्ने नेपालीका लागि वाली ‘ट्रान्जिट’ ख’तरा बन्दै, दुई नेपाली प’क्राउ ।
सिड्नी। अस्ट्रेलियामा बस्ने नेपालीका लागि वाली ‘ट्रान्जिट’ ख’तरा बन्न थालेको छ । लगातार एक हप्ताको अन्तरालमा भिषा थप्न इन्डोनेशियाको बाली पुगि सिड्नी फर्केका दुई नेपाली नागरिकलाई अध्यागमन बिभाग अस्ट्रेलियाले सिड्नी बिमानस्थलमा प’क्राउ गरेको छ। एक बर्षे मल्टीपल भिषा पाएका उनिहरु तीन महिनाको पहिलो बसाइ सकिएपछि भिषा थप्न नजिकको गन्तब्यको रुपमा रहेको बाली शहर पुगेर फर्केका थिए । तर सिड्नी फर्कने क्रममा अध्यागमन मै प’क्राउ परे ।

यसरी लगातार दुई हप्तामा दुई नेपाली प’क्राउ परेपछि नेपालीहरूको लागि वाली ‘ट्रान्जिट’ ख’तरा साबित भएको छ । उनीहरू अनुसन्धानको क्रममै रहेकाले नाम भने गोप्य राखिएको छ। पछिल्लो हप्ता एक बर्से मल्टीपल भ्रमण भिसामा आएका एक नेपाली युवा तीन महीनाको प्रारम्भिक बसाइ सकेपछि पुनश्च भिसा थप्नका लागि इन्डोनेसियाको बाली पुगेका हुन्। तर बाली वाट फर्कँदै गर्दा उनी अध्यागमनको नियन्त्रणमा पुगे । त्यसैसरि यो हप्ता पनि अर्को एक नेपाली युवती बाली वाट सिड्नी फर्कने क्रममा प’क्राउ परेकी हुन्।

एक बर्से मल्टीपल भिसा पाएपछि अध्यागमनले एक पटकमा तीन महिनाको बसाइको लागि मात्र अनुमति दिने हुनाले नजिकको अर्को देश गएर फर्कने र अरू तीन महिना भिसा थप्ने काम गरिँदै आएको थियो । यसरी विमानस्थलको अध्यागमनमा प’क्राउ गरिएपछि भिसा रद्द गरिने र भिसा रद्द गर्ने बित्तीकै कुनै पनि मुलुकका नागरिक बिना प्रवेशाज्ञा बस्न नमिल्ने का’नुनी प्रावधानलाई अनुसरण गर्दै कानुनतः प्र’हरि नियन्त्रणमा लिइने गरिन्छ ।

प्रहरी नियन्त्रणमा हुने व्यक्तिले कम्तीमा १० हजार डलर धरौटी राखेर बाँकी बक्यौता काम र सर सामान मिलाएर फर्किने सर्तमा रिहा हुन सक्छ तर त्यत्रो पैसा तिरेर बाहिर निक्लनुको कुनै अर्थ भने रहँदैन ।

Related posts

Leave a Comment