अस्ट्रेलियाबाट नेपाल जाँदै हुनुहुन्छ? ट्रान्जिट नबुझ्दा दुःख पाउनुहोला ! जानिराखौ !

अस्ट्रेलिया : के तपाई अस्ट्रेलियाबाट नेपाल जादै हुनुन्छ ..? यदि जादै हुनुन्छ भने ट्रान्जिट बुझेर मात्र जानुहोला ! ट्रान्जिट नबुझ्दा एक नेपालि चेलीले विमानस्थलमै दुख पाइन् ! आइतबार अनलाइन मार्फत टिकट काटेर बिमानस्थल पुगेकी नेपाली चेली कासी वस्ती ट्रान्जिट नबुझ्दा विमानस्थल मै रोकियिन ! उनले १२ सय डलर हालेर टिकट काटेकि थियिन ! टिकट त खेरा गयो गयो टिकट संसंगे उनले बुनेका योजना कल्पनाहरु सबै चकनाचुर भए !

उनलाई नेपाली राहदानी र यसको अधिकार क्षेत्रका बारेमा जानकारी नहुँदा यस्तो समस्या भोग्नु परेको हो।सिड्नीदेखि हङकङसम्म क्वान्टास र हङकङदेखि अर्को हवाइसेवामार्फत नेपाल जाने उनको योजनामा नेपाली पासपोर्ट तगारो बन्यो। विमानस्थलमा एअरलाइन्सका कर्मचारीले नेपाली पासपोर्टलाई स्थानीय विमानबाहेक अरुमा सवार हुँदा भिषा अनिवार्य रहेको बताएपछि उनी छाँगाबाट खसेझैँ भइन्।

कासीलाई अनलाइन टिकट काट्दा यो कुरोको पत्तै थिएन। योजना बमोजिम उड्न नपाएकी कासीले निराश हुँदै भनिन् ‘मैले त दुख पाएँ, अरुले नपाउन्।’हङकङको घरेलू हवाइ सेवा बाहेक अन्य कुनै पनि एअरलाइन्स प्रयोग गरेर हङकङ ट्रान्जिट बनाउने नेपालीलाई भिषा आवश्यक रहन्छ।धेरै नेपालीले विमानस्थलको प्रयोग र आफ्नो पासपोर्टको अधिकार क्षेत्रका बारेमा जानकारी नपाउँदा धेरैपटक धोका खाएका उदाहरण छन्।

‘अहिले हङकङकै घरेलू विमान क्याथे प्यासेफिक र ड्रागन एअरको कनेक्ट टिकट लिनेलाई भने १२ घन्टाको ट्रान्जिटसम्म भिसा आवश्यक हुँदैन’ सिड्नीमा सांग्रिला ट्राभल चलाउँदै आएका सुरेन्द्र सापकोटाले भने, ‘तर त्यो भन्दा बढी भएमा भने भिषा आवश्यक रहन्छ।’टिकट काट्दा अनलाइनमा यस विषयमा कुनै जानकारी हुँदैन। ‘ट्राभल एजेन्टको काम टिकट बेच्ने हो बेचिदिन्छन्, तर पासपोर्टधारीले आफूसँग रहेको पासपोर्ट र त्यसको उपयोग अधिकारको बारेमा आफै जानकारी लिनु पर्दछ’ सापकोटाले भने।

त्यस्तै अस्ट्रेलियाबाट नेपाल जाने महत्वपूर्ण रुटमध्ये सिंगापुर ट्रान्जिट नेपालीहरुको लागि सहज र समस्यारहित ट्रान्जिट हो। यहाँ नेपालीले अनएराइभल भिषा पाउने भएकोले कुनै पनि समस्याबाट गुज्रनु पर्दैन।चाइना साउदर्नमार्फत ग्वान्जाओ ट्रान्जिट नेपालीको सहजतका लागि भरपर्दो मानिँदै आएको छ। चालीस किलोसम्मको लगेज लान पाइने कारण पनि यो सबैको रोजाइमा देखिन्छ।

यस्तै चीनका अन्य दुई रुटमा पनि झन्झटिलो प्रकृया रहेको यात्रु बताउँछन्। एअर चाइनाबाट छेन्दु ट्रान्जिट बनाउनेहरुको लागि सामानको पुनः जाँंचबुझ हुने हुँदा झन्झटिलो प्रक्रियाबाट गुज्रनुपर्ने ट्राभल एजेन्टहरु बताउँछन्।चाइना इस्टर्नबाट कुन्मिन ट्रान्जिट बनाउनेहरुको लागि पनि लगेज पुनः जाँच गराउनुपर्ने झन्झट रहन्छ। स्मरण रहोस्, प्रक्रियागत झन्झटका बाबजुत यी दुवै एअरलाइन्सको हवाइ टिकट मूल्य केही सस्तो छ।

अब रहयो, भारतको नयाँ दिल्ली ट्रान्जिट। सम्वन्धित निकाय र विमानस्थलको बारेमा जानकारी नहुँदा यो ट्रान्जिटमा पनि यात्रुले समस्या भोग्ने गरेको एभेरेष्ट ट्राभल एन्ड टुर्सका इर्शाद अहमद बताउँछन्।‘अस्ट्रेलियाबाट यो ट्रान्जिट हुँदै नेपाल जाने यात्रुलाई त्यस्तो खासै सोधपुछ र समस्या हुँदैन तर भारत ओर्लनेहरुको सवालमा भने सोधपुछ हुने गरेको हामीले पनि थाहा पाएका छौं’ एनआरएनका युवा संयोजक समेत रहेका इर्शादले भने।

भारतको दिल्लीबाट नेपाली पासपोर्टधारीलाई अस्ट्रेलिया आउन भने रोक लगाइएको इर्शादले सुनाए। परराष्ट्र मन्त्रालयको पत्र भयो भने मात्र दिल्लीबाट अस्ट्रेलिया उड्न पाइन्छ। यो जानकारी नहुँदा भारत घुमेर अस्ट्रेलिया फर्कन खोज्ने नेपालीहरु समस्यामा परेको उदाहरण रहेको युवा संयोजक इर्शादले बताए। – सेतो पाटि को सहयोग मा 

यो पनि पढ्नुहोस ! अस्ट्रेलियामा सयौँलाई रोजगारी मिल्ने सबभन्दा ठुलो गाँजाको फ्याक्ट्री खुल्दै…

सिड्नी । देशको सबैभन्दा ठुलो मेडिकल गाँजा उत्पादन प्लान्टको योजना स्वीकृत भएपछि सयौँलाई छिट्टै अस्ट्रेलियामा रोजगारी पाउने भएका छन् । मेडिसिनल गाँजा उत्पादक लिफकेनलाई गाँजा अनुसन्धान र मेडिकल गाँजाको लागि तीन वर्षको लागि अनुमोदन गरिएको छ, यसको मतलब यसले ५० मिलियन डलरको स्टार्ट–अप खेती र प्रशोधन केन्द्रको निर्माण कार्य गर्न सक्दछ। एडिलेडमा अवस्थित अनुसन्धान सुविधाको आकार दुई गुणाको हुनेछ । यो प्लान्टमा कम्तीमा २०० देखि ८०० जनाले रोजगारी पाउनेछन् ।

उक्त प्लान्टको स्थान सुरक्षाका कारण गोप्य राखिएको छ । अष्ट्रेलियामा यो प्लाप्टको मुल्य सन् २०२५ सम्ममा एक बिलियन डलर हुने अनुमान गरिएको छ ।

यो पनी पढ्नुहोसः अस्ट्रेलियामा बस्ने नेपालीका लागि वाली ‘ट्रान्जिट’ ख’तरा बन्दै, दुई नेपाली प’क्राउ ।
सिड्नी। अस्ट्रेलियामा बस्ने नेपालीका लागि वाली ‘ट्रान्जिट’ ख’तरा बन्न थालेको छ । लगातार एक हप्ताको अन्तरालमा भिषा थप्न इन्डोनेशियाको बाली पुगि सिड्नी फर्केका दुई नेपाली नागरिकलाई अध्यागमन बिभाग अस्ट्रेलियाले सिड्नी बिमानस्थलमा प’क्राउ गरेको छ। एक बर्षे मल्टीपल भिषा पाएका उनिहरु तीन महिनाको पहिलो बसाइ सकिएपछि भिषा थप्न नजिकको गन्तब्यको रुपमा रहेको बाली शहर पुगेर फर्केका थिए । तर सिड्नी फर्कने क्रममा अध्यागमन मै प’क्राउ परे ।

यसरी लगातार दुई हप्तामा दुई नेपाली प’क्राउ परेपछि नेपालीहरूको लागि वाली ‘ट्रान्जिट’ ख’तरा साबित भएको छ । उनीहरू अनुसन्धानको क्रममै रहेकाले नाम भने गोप्य राखिएको छ। पछिल्लो हप्ता एक बर्से मल्टीपल भ्रमण भिसामा आएका एक नेपाली युवा तीन महीनाको प्रारम्भिक बसाइ सकेपछि पुनश्च भिसा थप्नका लागि इन्डोनेसियाको बाली पुगेका हुन्। तर बाली वाट फर्कँदै गर्दा उनी अध्यागमनको नियन्त्रणमा पुगे । त्यसैसरि यो हप्ता पनि अर्को एक नेपाली युवती बाली वाट सिड्नी फर्कने क्रममा प’क्राउ परेकी हुन्।

एक बर्से मल्टीपल भिसा पाएपछि अध्यागमनले एक पटकमा तीन महिनाको बसाइको लागि मात्र अनुमति दिने हुनाले नजिकको अर्को देश गएर फर्कने र अरू तीन महिना भिसा थप्ने काम गरिँदै आएको थियो । यसरी विमानस्थलको अध्यागमनमा प’क्राउ गरिएपछि भिसा रद्द गरिने र भिसा रद्द गर्ने बित्तीकै कुनै पनि मुलुकका नागरिक बिना प्रवेशाज्ञा बस्न नमिल्ने का’नुनी प्रावधानलाई अनुसरण गर्दै कानुनतः प्र’हरि नियन्त्रणमा लिइने गरिन्छ ।

प्रहरी नियन्त्रणमा हुने व्यक्तिले कम्तीमा १० हजार डलर धरौटी राखेर बाँकी बक्यौता काम र सर सामान मिलाएर फर्किने सर्तमा रिहा हुन सक्छ तर त्यत्रो पैसा तिरेर बाहिर निक्लनुको कुनै अर्थ भने रहँदैन ।

Related posts

Leave a Comment