कन्सर्टको लागी कोरिया जाँदै मेचु धिमाल र अन्जु राना मगर…

काठमाडौँ १७ मङ्सिर / अहिलेको लोकप्रिय रियालिटी सो द भोइस अफ नेपाल सिजन २ का गायिका द्वय मेचु धिमाल र अन्जु राना मगर सलनालमा कोरिया जाने भएका छन्। ओखलढुङ्गा सेवा समाजद्वारा आयोजना हुने 1974 AD को लाइभ कन्सर्टमा दुई गायिकाको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। उक्त लाइभ कन्सर्ट सलनालको दोस्रो दिन जनवरी २५ मा हुँदैछ। सन् २०१५ मा स्थापित ओखलढुङ्गा सेवा समाजले कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

कोरियामा रहेका नेपाली सङ्घ संस्थाहरू, नेपाली गीतसङ्गीत प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाइदिन आयोजकले अनुरोध गरेको छ।यो पनी पढ्नुहोसः भाइरल जोडी पूजाको भित्री पिडा…(भिडियो)
काठमाडौँ/ अहिले धेरै नै उमेर अन्तरका वृद्ध र युवती बिचको विवाहले सामाजिक सञ्जालमा तहल्का पिटिरहेको छ । जताततै उनीहरूकै चर्चा चुलिँदै गएको छ । धेरैले माया प्रेममा उमेरले छेक्दैन भनेका छन् भने धेरैले सम्पत्तिका लागी ती २१ वर्षकी युवती ६८ वर्षका वृद्धसँग विवाह गरेर आएकी भनेका छन् । वास्तवमै सबैलाई यस्तो लाग्नु स्वाभाविक नै हो । तर उनीहरूलाई गहिरिएर बुझ्दा भित्री रहस्य भने अर्कै पाइयो । सम्पत्तिका लागि ती युवती भन्ने लागेकालाई पनि अचम्म लाग्ने वास्तविकता रहेको छ ।

वृद्धका घरमा दुई छाक खान लाउन पनि पुग्ने सम्पत्ति छैन । धेरै नै गरिबीमा परेका वृद्धले आफ्ना नाति नातिनीको बिजोक देख्न नसकेर विवाह गर्नुपर्ने बाध्यता भएको बताए । घरमा कोही काम गर्ने नभएपछि वृद्धले नै सबै थोक गर्नुपर्ने बाध्यता थियो । साना साना नाति नातिनी र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन् वृद्ध । उता युवतीको पनि पहिले नै एक जना युवकसँग बिहे भएको र उसले छाडेर गएपछि बेसहारा भएकी युवती जसको एउटा हात नै छैन ।

हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछि पनि आफूसङ नबस्ने भएपछि उनले वृद्धसँग विवाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ । उनीहरूले आफूहरूलाई सहयोग गर्न अपिल समेत गरेका छन् । सहयोगका लागि ९८११३५६३७४ मा सम्पर्क गर्न सक्नुहुनेछ । भिडियो:

Related posts

Leave a Comment