कुर्ता सुरुवालमा यस्ती देखिइन् तेरिया मगर ( फोटो फिचर )

काठमाडौँ / डान्सर तेरिया मगर कुर्ता सुरूवालमा सजिएको तस्विर सामाजिक संजालमा सेयर गरेकी छिन् । भारतिय टेलिभिनजन डान्स इन्डिया डान्स बाट चर्चामा आएकी नायिका तेरिया फौजा  मगर पछिल्लो समय चर्चमा रहिरहने सेलिब्रेटी हुन् । ‘डान्स इन्डिया डान्स’ ले नेपाली र भारतीय दर्शकमाझ लोकप्रिय बनायो तरियालाई । रुपन्देहीमा जन्मेकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसिन् । केही समय पहिले उनी एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर पनि बाहिर आएको थियो ।

पछि उनले आफूले फिल्ममा अभिनय गर्न नलागेको बताएकी थिइन् । क्युट तेरियालाई फ्यानले सामाजिक सञ्जालमा निकै पछ्याएका हुन्छन् । इन्स्टाग्राममा पनि उनी निकै सक्रिय रहन्छिन् । कहिलेकाहीँ इन्स्टाग्राममा लाइभ आएर उनी फ्यानसँग कुराकानी पनि गर्छिन् । इन्स्टामा उनले विभिन्न तस्वीर तथा भिडियो शेयर गर्ने गरेकी छिन् । तेरिया मगर डान्सर नभएको भय पक्कै पनि गायिका हुन्थिन ।