छोरीको जन्मदिनमा गायक प्रकाश सपूतले लेखे मनछुने स्टाटस्…

काठमाडौँ / लोकदोहोरी गायक प्रकाश सपुतको छोरीको आज जन्मदिन परेको छ । पछिल्लो समयका एक चर्चित गायक हुन प्रकाश सपुत । पछिल्लो केही वर्ष यता उनले हरेक गीत बाट राम्रो सफलता पाएका छन् । केही वर्ष पहिले विन्दु बोहरा सँग विवाह गरेका प्रकाश की एक छोरी छिन् । रातको १२ बजे नै सामाजिक सञ्जाल फेसबुक बाट एक मन छुने स्टाटस लेख्दै उनले आफ्नी ४ वर्षीय छोरीलाई शुभकामना दिएका छन् । छोरीको एक तस्बिर सार्वजनिक गर्दै लेखेका छन्ः

“जन्म_दिनको_शुभकामना_प्रविष्टि ।

  • ओहो कत्रो ठुलो पेट “ छोरै हुन्छ “
  • – बाजे पनि ४ भाई बाउ पनि ४ भाई “ छोरै हुन्छ “
  • – यस्तो धर्मकर्म पुजा पाठ गर्दिरैछन “ छोरै हुन्छ “
  • – बाउ नाच्नि गाउनी कलाकार हसिलो रसिलो “छोरै हुन्छ”
  • – सपना कस्तो देख्याछौ अलि राम्रो सपना देख “छोरै हुन्छ
  • – मिठो मसिनो र गुलियो धेरै खाउ है “छोरै हुन्छ”
  • – पाउनी भाको बेला काम धन्दा गर्न पर्याछैन “ छोरै हुन्छ”
  • – विहे गरेको यंत्रो वर्षमा बनाको पहिलो सन्तान “छोरै हुन्छ”

अचम्म है । एउटा गर्भवती महिलाले छोरी पनि पाउछे भन्ने अपेक्षा नै गर्दैन हाम्रो समाज । अथवा कुनै दुईजिउ भएको पेटबाट छोरी जन्मियोस भन्ने शुभेच्छा नै राख्दैन । जब कुनै गर्भवती महिलाको जिवनमा सबै क़ुरा ठिकठाक देखिन्छ मान्छेहरुलाई छोरै हुन्छ भन्ने विश्वास लाग्छ । यो सबै अन्धविश्वास लाई तोडेर तिमी जन्मियौ । छोरी भएर ! लक्षिन भएर । लक्ष्मी भएर ।

खै यो सत्य हो या संयोग । तिमी जन्मेपछि मेरा सपनाहरुले आकार लिन थाले, मेरो सिर्जनाहरु नोटिस हुन थाले, म व्यवसायिक हिसाबले व्यस्तहुन थाले, सबै भन्दा ठुलो कुरा त तिमलाई हेरेर म मुस्कुराउन थाले, सपना प्रतिको मेरो पागलपन र संघर्ष अल्ली सहज हुन थाल्यो । तिमी आएपछि मानौ सबैकुरा ठिक ठाक जस्तो भयो । त्यसैले तिमी विशेष छौ मेरा लागि । प्रेमको सबै भन्दा उच्चतम अनुभूति नै सन्तान प्रतिको प्रेम हो रैछ। कति लेखौ ।

कति भनौ खै । जेहोस तिम्रो जन्म दिनमा यति चाहि भनु – कि मैले गरेको कर्महरुले तिमीलाई गर्व का साथ भन्न मन लागोस- yes ! he is my father र तिम्रो आफ्नो परिचयले मलाई गर्वका साथ भन्न मन लागोस – yes ! Im her father साथै तिमी र म मिलेर समाजको “ ढिलो होस छोरै होस” भन्ने विभेदकारी आशिष भत्काउनु पर्छ । हस् छोरी ! बरु त्यसको ठाउमा मानीसहरुले भनुन “ ढिलो होस तर छोरी नै होस “ । तिमी जस्तै !”

Related posts

Leave a Comment