सक्किगोनिका जयन्तेको फेस बुकले जुरा एको सुन्दर परिवार ( हेर्नुहोस तस्बिर सहित)

काठमान्डौ । चर्चित टेलिश्रृखला सक्किगोनी का एक पात्र हुन्  जयन्ते अर्थात गोबिन्द कोइराला नेपाल टेलिभिजन बाट प्रत्येक बिहिबार अर्थात साताको एक दिन बेलुका ८: ५० देखि प्रसारण हुदै आइरहेको चर्चित टेलिश्रृखला सक्किगोनी धेरै ले हेर्नुहुन्छ ! सक्किगोनी मा पहिलेदेखि नै पाडे अर्थात अर्जुन घिमिरेको भतिजो को रुपमा देखिदै आइरहेका गोबिन्द कोइराला एकदमै चर्चित छन् ! पहिले उनि भद्रगोल मा उही रोलमा देखिएका थिए !

सक्किगोनीमा  उनको शैली र अभिनय धेरै दर्शकहरूले निकै मन पराएका हुन्छन् । उनले बोल्ने ढिलो बोली र लामो हाँसो सहितको काका, हा हाहा भन्ने शैली धेरैको मुखमा नै झुण्डिएको पाइन्छ । भद्रगोल सुरु भएपछि २ भागमा उनले अभिनय गर्ने मौका पाएका थिए । ४ भाग पछि उनले पाँडेको भतिज जयन्ते भएर पर्दामा देखिएका हुन् ।

कृषि पत्रकारको भूमिकामा भद्रगोलमा प्रवेश गरेका गोविन्द केही भागमा पत्रकारको रोल गरेर त्यसपछि अहिलेसम्म पाँडेका भतिज जयन्ते बनेर आइरहेका छन् । अर्जुन घिमिरे अर्थात् नर नारायण पाँडेको भतिजोको रूपमा प्रस्तुत भएको उनको चरित्रलाई धेरै दर्शकले रुचाइएको छ । तर गोविन्द कोइरालाको वास्तविक जीवन भने भद्रगोलमा देखिए भन्दा ठिक उल्टो छ । भद्रगोल/ सक्किगोनी  सिरियल हेर्ने दर्शकहरूले वास्तविक अनुहारमा देख्दा धेरैले नचिन्ने गरेको बताउँछन् ।रोचक कुरा गोविन्द कोइरालाको विवाह फेसबुकमा लभ परेर भएको बताउँछन् । श्रीमती मनिता घिमिरे सँग प्रेम विवाह गरेका उनको अहिले दुई सन्तान पनि छन् । तस्बिरमा हेर्नुहोस् जयन्तेको सुन्दर परिवार । हेर्नुहोस उनका केहि तस्बिरहरु

12 34 5 6 7 8

Related posts

Leave a Comment