राजा वीरेन्द्रको जन्मदिनमा गायक प्रमोद खरेलले लेखे मन छुने स्टाटस्

काठमाडौँ / आज पुस १४ गतेका दिन स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको जन्मदिन परेको छ  । स्वर्गीय राजा वीरेन्द्र वि.सं. २००२ पुस १४ गतेका दिन जन्म भएको थियो । आज राजा वीरेन्द्र नेपालका दसौँ शाह वंशीय राजा थिए । यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए । आज वीरेन्द्रको ७५ औँ जन्म जयन्ती मनाउँदै छन् ।  २०५८ जेठ १९ गते परिवारसहित उनको रहस्यमय तरिकाले ह’त्या भएको थियो । आज उनको ७५औं जन्म जयन्तीमा धेरैले उनलाई सम्झिएका छन् ।

आज सामाजिक सञ्जालभरी उनको सम्नमा धेरैले तस्बिर राखेका छन् । यसैक्रममा चर्चित गायक प्रमोद खरेलले स्वर्गीय राजा वीरेन्द्रलार्य सम्झिदै एक स्टाटस लेखेका छन् । उनले स्टाटसमा आफुले स्वर्गीय राजा वीरेन्द्रलाई कहिल्यै बिर्सन नसक्ने बताएका छन् । उनी लेख्छन् – राजसंस्था पो छैन .. तर राजा सम्झना मै छन … पौष १४ आउदा पर्व झै लाग्थयो बच्चा मा । त्यहि भएर सायद बिर्सन नसक्नु पनि दोष त हैन होला नि । फेरि पनि भन्न मन लाग्यो “यो सम्झने मन छ म बिर्सु कसोरी “

यो पनीः मुन्द्रेको कमेडी क्लब द्वारा महाविर पुनका लागि रु ११०,१११ सहयोग
काठमाडौं / पछिल्लो समय दर्शक हँसाउँदै सबैको मन जित्न सफल लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लबले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई कार्यक्रममै बोलाएर सम्मान सहित नगद रकम सहयोग गरेका छन् । दीपा श्री निरौलाको अध्यक्ष्यतामा जितु नेपाल “मुन्द्रे” ले सञ्चालन गर्दै आइरहेको कार्यक्रम मुन्द्रेको कमेडी क्लबमा उमेश राई “फुलन्देको आमा” राजेन्द्र नेपाली “लट्टे” सन्ध्या बुढा लगायतका कलाकारहरु रहेको छ ।महाविर पुनको स्टाटस् पढ्नुहोस् : आज मुन्द्रेको कमेडी क्लबको शुटिंगमा मैले भनेको कुरा र सो क्लबले राष्ट्रिय आविष्कार केन्द्रलाई रु ११०,१११ (एक लाख दस हजार एक सय एघार रुपैया) दान गरेको कुरा:

कतिपय जान्ने सुन्ने व्यक्तिहरुको लागी राष्ट्रियआविष्कार केन्द्र पनि एउटा कमेडी क्लब जस्तो नै भएको छ. किन भने उनीहरुले केन्द्रमा हाम्रा प्रतिभाशाली भाइ बहिनीहरुले हाल गर्न प्रयास गरि रहेको अनुसन्धान तथा बिकासको कामलाई यस्तो पनि अनुसन्धान हुन्छ भनेर हाँसो उडाई रहेका छन

ति कुरा नबुझेकाहरुले के पनि भनि रहेकाछन भने चाईना, जापान र अरु विदेशीले बनाएको जस्तो चिजहरु नेपालमा बनाउनै सकिंदैन र यदि बनि हाले पनि महँगो हुन्छ रे. यस्तो भन्नेहरुको लागी राष्ट्रिय आविष्कार केन्द्र एउटा कमेडी क्लब नै हो. तर कसैले त्यसो भन्यो भन्दैमा हामीले यो अभियान पटक्कै छोडीने छैन

साथै त्यसो भन्नेहरु संग दुख मान्नु पर्ने र रीसाउनु पर्ने कारण नै छैन. बरु हामीलाई बिश्वास नगरेर त्यसो भन्दा हामी लाई झनै जोस आउँछ. लौ त सबै मिलेर अघि बढौं. साथै आजको मुन्द्रे कमेडी क्लबमा म सहित भएको कमेडी कार्यक्रम आगामी हप्ता तिर हेर्न नभुल्नु होला किन भने मा पनि अलि अलि कमेडियन भएको छु. धन्यबाद्.

Related posts

Leave a Comment