अभिनेत्री बर्षा राउतको लुक्स (फोटो फिचर)

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी एक चर्चित नायिका हुन वर्षा राउत । चलचित्र नाइ नभन्नु ल ४ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले थुप्रै सुपर हिट चलचित्रमा अभिनय गरिसकेकी छिन् । यति बेला वर्षा फुर्सदको समयमा श्रीमान् सँग रमाइरहेकी छिन् । फाटफुट म्युजिक भिडियो मा देखिएपनी चलचित्र जात्रै जात्रा पछि उनी ठुलै पर्दामा देखिएकी छैनन् ।  विवाह पछि वर्षाले फिल्म पाउनै छाडेको हो त ? भन्ने सामाजिक सञ्जालमा हल्ला पनि चल्न सुरु गरेको छ तर; यश विषयमा उनी मौन देखिन्छ ।

गतबर्ष अभिनेता संजोक कोइराला सँग वैवाहिक बन्धनमा बाधिएकी वर्षा अभिनित चलचित्र ‘गोपी’ यतिबेला युट्युवको शिर्ष स्थानमा रहेको छ । विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउतको मुख्य भुमिका रहेको ‘गोपी’ले हलमा दर्शक तान्न नसकेपनि युट्युवमा राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्र जात्रा र जात्रै जात्राको अपार सफलताले नायिका वर्षा राउतलाई ठुलै चुनौती थपिएको छ । ‘अबको दिनमा उनी अभिनित चलचित्रले कति सफलता पाउला त्यो भने हेर्न बाकी नै छ’, जे होस् उनी यतिबेला राम्रो स्रकिप्टको पर्खाइमा भने पक्कै होलिन् ।