अस्ट्रेलियाको सिड्नीका एक पुरुषले लोट्टो खेलेर जिते २० मिलियन डलर ।

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने एक पुरूषले चिट्ठा बाट २० मिलियन डलर जितेका छन् । ४० वर्ष उमेर नाघेका उनले सिड्नीको पश्चिममा मारिकभिलबाट ओजेड लोट्टो (चिठ्ठा) खरिद गरेका थिए । एक चिठ्ठा खरिद गरेका उनी क्रिसमस इभमा विजेता घोषित भएका हुन् ।  मंगलबार चिठ्ठा सार्वजनिक भएको थियो । तर, उनले शुक्रबार मात्रै आफूले २० मिलियन डलर जितेको थाहा पाएका हुन् । आयोजकले उनलाई लोट्टो जितेको बताएका थिए । लोट्टोमा २१, ३२, २९, २८, २२, २० र ५ । त्यस्तै, पुरक नम्बर ४५ र ४१ विजयी भएको थियो ।

आफूले लोट्टो जितेको बारेमा प्रतिक्रिया दिँदै उनले भने ‘मैले क्रिसमस इभमा नै उक्त चिठ्ठा जितेको रहेनु । अहिले मेरो वाक्य नै फुटेको छैन । वास्तवमा म काँपिरहेको छु । यो मेरो लागि निकै राम्रो क्रिसमस उपहार हो ।’ उनले थपे ‘यो वर्ष ठिकठिकै चलिरहेको थियो तर, चिठ्ठाले विशेष बनाइदिएको छ । अर्को क्रिसमसमा लाई गाह्रो हुनेछ ।’ तर, विजेताले आफ्नो परिचय भने खुलाउन चाहेका छैनन् । थुप्रै मिडियाहरुले उनीसम्पर्क सम्पर्क गर्न खोज्दा उनले उत्तर दिन चाहिरहेका छैनन् । तर, उनी निकै खुसी रहेको बताइएको छ ।

एक मिडियासँगको कुराकानीमा उनले भने ‘मलाई लाग्छ कि सन् २०२० मा म र मेरो परिवारमा धेरै परिवर्तन हुनेवाला छ । हामी एकैपटक परिवर्तन हुने पक्षमा छैनौं । अब हामी विशेष वर्षमा प्रवेश गर्दैछौं ।’ यो वर्षमात्रै जम्म ३६७ जनाले लोट्टो जितिसकेका छन् । जसमध्ये ११२ जना सिड्नी निवासी नै रहेका छन् । ओजेड लोट्टोको टिकट मूल्य झण्डै १२ डलरदेखि ६६ डलरसम्म रहेको छ ।

Related posts

Leave a Comment