नयाँ वर्ष सँगै अष्ट्रेलिया को भिसा तथा स्थायी अनुमति नीतिमा कडाई हुने

अस्ट्रेलिया  ।नयाँ वर्ष सँगै अष्ट्रेलिया को भिसा तथा स्थायी अनुमति नीतिमा कडाई हुने भएको छ ! अंग्रेजी नयाबर्ष आज २०२० जनवरी १ देखि सुरु भएको छ ! नया वर्ष को सुरुवात भएसंसंगे अस्ट्रेलियन सरकार ले वर्ष फेरीए संगसंगै आफ्ना विभिन्न नीतिहरुमा फेरबदल गरिरहन्छ ! प्रत्यक वर्ष अस्ट्रेलियन सरकार ले भिषा नीतिमा फेरबदल गर्दै आइरहेको सरकार ले यो वर्ष पनि केहि परिवर्तन गर्ने पक्षमा देखिएको छ !

सरकारले परिवर्तन गर्ने भिसा नीतिको कारण अष्ट्रेलिया आइपुग्ने लाखौं अन्तर्राष्ट्रिय विद्यार्थीहरु मर्कामा पर्ने गरेका छन् । भिसा नीतिकै कारण विद्यार्थीहरुको योजना समेत प्रभावित हुने गरेको छ ।अष्ट्रेलियाको संघिय सरकारले गत नोभेम्बरमा रिजनल भिसामा परिवर्तन ल्याएको थियो । सो परिवर्तन अनुसार सिड्नी, मेलबर्न तथा ब्रिसबेनबाहेकका क्षेत्रमा तिन वर्ष बसेकाहरुले स्थायी बासिन्दाको आवेदन हाल्न पाउने व्यवस्था भएको भएको छ । तर, यसको लागू भने राज्यले नै गर्नेछ । राज्यले नै नीतिको गर्ने भएपछि कतिलाई स्थायी बासिन्दा बनाउने भन्ने निर्णय पनि सम्बन्धित राज्यले गर्नेछ । सम्भवत राज्यले सीमित विद्यार्थीलाई स्थायी बसोबासको अनुमति दिनेछ ।

तास्मानिया राज्यले पहिलो पटक स्थायी अनुमति दिन थालेको भए पनि विद्यार्थीहरुको चाप बढ्न थालेपछि स्थायी अनुमतिमा कडाई गर्न थालेको छ ।तर, सिड्नी, मेलबर्न तथा अन्य मुख्य शहरमा बस्नेहरुको लागि भने स्थायी अनुमति पाउन कठिन हुनेछ । यस्ता शहरमा बस्ने विद्यार्थीले ‘लोयल्टी टेस्ट’ नै पार गर्न नसक्ने भएकोले उनीहरुको लागि अष्ट्रेलिया बसाई कठिन बन्न सक्छ ।

ठूला शहरमा बसेर पढाई सकेकाहरुले स्थायी अनुमति पाउनको लागि अझै कठिन हुने देखिएको जानकारहरु बताउँछन् ।त्यसोत अष्ट्रेलियाका शिक्षामन्त्री डान तेहानले पटक–पटक जस्तो पनि विद्यार्थीहरुलाई भर्ना नलिन विश्वविद्यालयलाई सचेत गराइसेका छन् । आप्रवासी विद्यार्थीहरुको संख्या बढेसँगै स्थानीय विद्यार्थीहरु मर्कामा परेको बारेमा पनि सम्वन्धित निकायले चासो व्यक्त गरिरहेको छ । स्रोत : नेपाली पत्र