आँप जोडी अभिनीत चलचित्र ‘जोनी जेण्टलम्यान’ युट्युबमा सार्वजनिक (फिल्म सहित)

काठमाडौँ / ‘आँप’ जोडीको नामले चिनिने अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा अभिनीत चलचित्र ‘जोनी जेन्टलम्यान’ युट्युब मार्फत सार्वजनिक भएको छ । यो पल शाहको तेस्रो चलचित्र हो ।  २०७४ भदौ ३० गते बाट प्रदर्शनमा आएको यो चलचित्र करिब २ वर्ष भन्दा बढी समय पछि युट्युबमा सार्वजनिक भएको हो । नायक पल शाह सँगै नायिका आँचल शर्मा यो चलचित्रमा मुख्य कलाकार रूपमा देखिएका छन् ।  फिल्ममा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ ।

प्राय फिल्ममा लवर ब्वाईको रुपमा देखा परेका पल ‘जोनी जेन्टलम्यान’ मा भने लभर ब्वाई संगै भिन्न अवतार पनि देख्न सकिन्छ । फिल्मलाई प्रदर्शनताका प्रतिक्षित मानिएको थियो तर सन्तोषजनक ब्यापार र प्रतिक्रिया बटुल्न भने सकेन । ‘जोनी जेन्टलम्यान’ लाई नितिन चन्दले निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, आँचल शर्मा संगै विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि मुख्य भूमिका रहेको छ । हालमा बम्पर ओपनिङ्ग गर्न नसकेको फिल्मले युट्युबमा तहल्कै पिट्ने गरेको छ ।

अब यो फिल्मले पनि सो कार्यलाई पुरा गर्नेछ भन्न सकिन्छ । चलचित्रलाई युवा ब्यबसाही एन्ड्रियु पौडेलको निर्माण गरेका थिए । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन,हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ भने प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ ।

Related posts

Leave a Comment