अस्ट्रेलियाको अध्यागमन विभागले मापद’ण्डमा कसिलो बनाउँदै ,विदेशी विद्यार्थीको लागि बसाइ झनै क’ठिन

अस्ट्रेलिया । अस्ट्रेलियाको अध्यागमन विभागले सन् २०२० मा भिसा सम्बन्धी मापद’ण्डहरू कसिलो बनाउने जनाएको छ । आगामी दिनमा अध्ययनका लागि अस्ट्रेलिया जान चाहनेले भिसा पाउन कठि’न हुने देखिएको छ । अस्ट्रेलियाको अध्यागमन विभागले सन् २०२० मा भिसा सम्बन्धी निय’महरू परिव’र्तन गर्ने जनाएको छ । अस्ट्रेलिया सरकारले त्यहाँको स्थायी बासिन्दा हुनको लागि आवश्यक मापदण्ड’मा कसिलो बनाउँदै लगेको छ ।

यसले अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले त्यहाँको स्थायी बासिँदा अनुमति (पीआर) पाउने सम्भावना पनि न्यून हुँदै गएको छ । ठुला सङ्ख्यामा रहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरू हाल अन्योलमा रहेका छन्। अध्यागमन एजेन्ट बेन वाटका अनुसार सदा परिवर्तन हुने नियमका कारण धेरैले बनाएको पूर्व योजनाको उपादेयता सकिने र यसले उनीहरुलाई निराश बनाउने बताउँछन्। गत नोभेम्बरमा मात्र अस्ट्रिलियाको संघिय सरकारले रिजनल भिसामा परिवर्तन ल्याएको थियो। यस नयाँ व्यवस्था अनुसार सिड्नी, मेलबर्न र ब्रिसबेनबाहेकका क्षेत्रमा तिन वर्ष बस्नेले स्थायी बासिन्दाको आवेदन हाल्न पाउने छन्।

केन्द्रिय सरकारले नियम अघि सारे पनि यसलाई लागू गर्ने जिम्मा भने सम्बन्धित राज्यहरुमै रहने छ। अर्का एक अध्यागमन एजेन्ट कर्क यानका अस्ट्रेलियाका विभिन्न राज्यहरुको आफ्नै निर्देशिकाहरु रहेकाले संघीय सरकारले तोकेको संख्याभन्दा कम अन्तर्राष्ट्रिय विधार्थिहरु स्थायी बासिन्दाहरुको रुपमाअस्ट्रेलिया बस्न पाउने बताउँछन्। यानका अनुसार, मेलबर्न र सिड्नी जस्ता शहरहरुमा पढेका विधार्थिहरुले त “लोयल्टि टेस्ट” पनि पास गर्न सक्दैन, जसका कारणले उनीहरुको स्थायी बासिन्दा बन्ने बाटो झनै कठिन हुन जान्छ।

तास्मानिया राज्यले पहिलो चोटि यससम्बन्धमा ढोका खोलेको थियो। तर बिधार्थिहरुको चाप त्यसलगत्तै बढ्न थाले पछि, तास्मानियाले पनि नयाँ नियमहरु अगाडि सारेको थियो। अध्यागमन एजेन्ट वाटका अनुसार, नयाँ नियम ल्याएको कुरामा उनको विरोध छैन। “तर जुन तरिकाले अन्तिम समयमा आएर जथाभावी नियम ल्याईन्छ, यसले चाहि धेरैलाई असर गर्दछ,” उनले भने।

त्यस्तै एजेन्ट यानका अनुसार लगातार परिवर्तन हुने नियमका कारण ठूला शहरहरुमा अस्थायी बासिन्दाका रुपमा पढाई सकेका धेरै विधार्थिहरु हाल रहेका छन्। “यसले उनीहरुको यहाँ हुने सक्ने भविष्यको सुनिश्चिततामा प्रश्न उठाईदिएको छ,” उनले भने। यानका अनुसार यस किसिमको लागातार हुने नियम फेरबदलीका कारण अस्ट्रेलिया आउनु अघि धेरै विधार्थिहरु अब देखि निकै पल्ट सोच्ने छन्।

पछिल्लो समय अस्ट्रेलियामा पुगेका नेपालीको संख्या र नेपालीको वास्तविक आर्थिक हैसियत बारेमा चर्चा हुन थालेको छ । यसले अस्ट्रेलिया सरकारले नेपालीप्रति जस्तोसुकै नीति अपनाउन नसक्ला भन्न सकिदैन । Source: Ausnepalnews

Related posts

Leave a Comment