पूर्व युवराज्ञी हिमानीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

काठमाडौँ २१ फागुन / प्रधानमन्त्री केपी ओलीको बुधवार शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिँदै छ । बिहान ९ बजेदेखि सुरु हुने हुने प्रत्यारोपण सकिन पाँच घण्टा लाग्ने डा.प्रेमराज ज्ञवालीले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीलाई अहिले स्वास्थ्य लाभको शुभकामना दिनेको आइरो लागेको छ । देशको सरकार प्रमुखकै मिर्गौला प्रत्यारोपण गरिन लागेको र प्रधानमन्त्री ओलीमा इच्छाशक्ति भरपुर भएकाले पनि धेरैले शुभेच्छा प्रकट गरेका हुन् ।

यसैक्रममा पूर्वयुवराज्ञी हिमानी शाहले प्रधानमन्त्री ओलीलाई सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उनले बुधबार बिहान सामानिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओलीको तस्बिर राख्दै स्वास्थ्यलाभको कामना गरेकी हुन् । उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी ओलीको पीएमनेपाल सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको शुभकामना साथै मृगौला प्रत्यारोपण पूर्ण रुपले सफल होस् भन्ने कामना व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *