कोरोना आशङ्कामा आइसोलेसन वार्डमा भर्ना भएका कोरियाबाट आएका एक नेपाली अस्पतालबाट भागे !

काठमाडौँ– कोराना सङ्क्रमणको आशङ्कामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक जना बिरामी भागेका छन् । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक विशेषज्ञका अनुसार कोरियाबाट आएका ती नेपाली बुधवार उनी अस्पताल भर्ना भएका थिए। ती व्यक्ति अझै सम्पर्कमा आएका छैनन् । प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पताल स्रोतले जानकारी दियो ।

अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए । तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको थियो । बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। हाल टेकुमा ४ जना कोरोना संक्रमणको शंकामा भर्ना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *