चीनले दियो खुसीको खबरः अर्को महिनासम्ममा कोरोना भाइरसको खोप तयार हुने दाबी

काठमाडौँ । करोनाभाइरसबाट अति प्रभावित चीनले अप्रिलमा नोभेल करोनाभाइरस (कोभिड १९)वि’रुद्धको खोप तयार हुने दाबी गरेको छ । केही दिन अघि ग्लोबल टाइम्सले चीनले कोरोनाभाइरसवि’रुद्धको भ्याक्सिन पत्ता लगाएको समाचार प्रकाशित गरेको थियो । गएको डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको करोनाभाइरसको सङ्क्रमणबाट शुक्रवार(२३ फागुन) अपराह्नसम्म ३ हजार ४०८ जनाको ज्या’न गइसकेको छ ।

९३ देशमा देखिएको कोरोनाभाइरसको सं’क्रमण १ लाख १ सय ६२ जनामा देखिएको छ । जसमध्ये ५५ हजार ८ सय १२ जना उप’चारपछि निको भएका छन् । यसरी महामारीको रुपमा लिएको कोरोनाभाइरसविरु’द्धको खोपबारे अनुसन्धान भइरहेको जनाएको चीनले अप्रिल महिना आपत’कालीन प्रयोगका लागि केही खोप उपलब्ध हुन सक्ने दाबी गरेको हो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईले खोपका लागि कोरोनाभाइरसको पाँच ओटा पक्षलाई आधार बनाइएर अनुसन्धान गरिरहेको भन्दै आउँदो महिनाबाट केही खोप परीक्षणका लागि अनुमति दिइने जानकारी दिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।