मोटोपनले त’नावमा हुनुहुन्छ? यस्ता छन् मोटोपन हटाउने सजिला उपायहरू । जानिराख्नुहोस्

काठमाण्डौ । अहिले आम मानिसहरु मोटोपनका समस्याले हैरान बनेका छन् । धेरैले मोटोपनको समस्या हटाउन अनेकौं उपाए अपनाइरहेका हुन्छन्।  खाना उचित रूपमा प्रयोग गर्नसके शरीर लाई आफूले चाहेको ढाँचामा लैजान सकिन्छ । खाना, फलफुल र पेय पदार्थले पनि मानिसमा मोटोपन बढाउने हुनाले पनि खाना खाँदा विशेष ध्यान दिनु जरुरी हुन्छ । आवश्यकता भन्दा बढी मोटोपन शरीरका लागी बोझ तथा स्वास्थ्यका दृष्टिकोणले पनि हानिकारक हुन्छ । खाना खाँदा, खानु अघि र खाना पछि खाइने खानलाई राम्रोसँग विचार गर्न सके शरीर लाई सन्तुलित राख्न सकिनुका साथै शरीर लाई समेत आफूले चाहे अनुसार ढाल्न सकिन्छ ।

बेकरी फूड नखानेः बेकरी फूडले शरीरलाई मोटो बनाउन भूमिका खेल्छ । तपाईले बेकरीबाट उत्पान हुने खानेकुराहरुलाई खान छाड्नु भयो भने त्यसबाट शरीरको तौल घटाउन मद्दत पुग्छ । केक, कुकीज, मफिंस, ब्रेड आदि खानेकुराले शरीरमा मोटोपना बढाउन सहयोग गरेको हुन्छ ।

तारेको खानेकुरा नखानेः तलेमा तारेको खानेकुरा नखाँदा स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ । यस्तो भोजनमा कैलोरी र नुन धेरै हुन्छ । यसैकारण माछासहितका खानेकुरा जो तेलामा तारिएका छन् ती खानु हुँदैन । फ्रेंच फ्राईज, पोटैटो चिप्स, ब्रेड पकौडा, समोसा, फ्राइड भेजिटेबल खाने गर्नाले पनि शरीरमा मोटोपना बढाउछ । यदि यी कुरा नखाएमा शरीर बढ्न पाउँदैन ।

हाई कैलोरी वाले ड्रिंक्स नखानेः चिनी राखिएका ड्रिंक्स पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसमा कैलोरीको मात्रा ज्यादा हुन्छ । तपाई यसबाट बच्नु पर्छ । अल्कोहल, बीयर र काकटेल, स्पोर्ट्स ड्रिंक, चिनी हालेको चिया, फ्लेवर्ड काफी, सोडा, फ्लेवर्ड पानी, विटामिन पानी आदि पनि खानु हुँदैन ।

बिहानको समयमा हिँड्नेः शरीर घटाउनु छ भने बिहानको समय कम्तिमा एक घण्टा हिँडदा राम्रो हुन्छ । यसले शरीरलाई आवश्यक पर्ने अक्सिजन दिनुका साथै शरीरका विभिन्न अंग चलाउन सहज हुन्छ ।

धेरै पानी पिउनेः शरीरका लागि आवश्यक पर्ने पानी तपाई हामी सबैले पिउनु अनिर्वाय हुन्छ । शरीरको तौल र मोटोपना घटाउनका लागि स्वच्छ पानीले धेरै सहयोग गर्छ । दैनिक कम्तिमा पाँच लिटरसम्म पानी पिउँदा यसले शरीरलाई धेरै फाइदा गर्छ ।

नरिवल पानीः नरिवल पानीमा अरुभन्दा बढी इलेक्ट्रीलाइट हुनेगर्छ । जति धेरै इलेक्ट्रोलाइट हुन्छ त्यतिधेरै हाइड्रेट गर्ने काम गर्छ । यस पेथ पदार्थमा तपाईलाई कृत्रिम फ्लेवर र चिनी मिसाउनु समेत आवश्यक पर्दैन । यसले मेटाबोलिजमलाई तिब्रता दिने काम गर्छ भने अर्को तर्फ शक्ति प्रदान गर्ने काम समेत गर्छ ।

ग्रिन एण्ड ब्ल्याक टिः तपाईले ग्रिन र ब्ल्याक टि को बारेमा थाहा पाउनु भएकै होला । यसको प्रयोगले पनि मोटोपन घटाउन धेरै मदत गर्छ । शरिरमा मेटाबोलिक प्रक्रियालाई तिब्रता दिन यसले मदत गर्छ । ग्रिन टिले ४३ प्रतिशतभन्दा बढी चिल्लो जलाउने काम गर्छ । यो प्रक्रिया कालो चियामा पनि लागु हुन्छ ।

खर्बुजाको रस खानेः यसको रस पिउनाले शरिरमा हाड्रेड पैदा गर्ने काम गर्छ । यसका कारण शरिरमा कुनै पनि नकारात्मक असर पर्दैन । यसमा थोरै क्यालोरी हुने र धेरै पानी हुने गर्छ । यसले आर्जिनाइन पैदा गर्ने काम गर्छ जसमा अमिनो एसिड हुन्छ । उक्त एसिडले चिल्लो काट्ने र मोटोपन कम गराउने काम गर्छ ।