‘द लिडर’ रियालिटी शोमा मिस नेपाल शृङ्खला खतिवडा निर्णायक
१ चैत २०७६, शनिवार, काठमान्डौ / चर्चित कार्यक्रम सिधा कुरा जनता सँगका कार्यक्रम प्रस्तोता रवि लामिछानेले केही समय अघि रियालिटी सो ‘द लिडर’को घोषणा गरेका थिए । न्युज २४ टेलिभिजन बाट प्रसारण हुने यो कार्यक्रमको निर्णायकका रूपमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरी, प्रदीप नेपाल रहेको जानकारी दिइएकी थियो ।उनीहरू सँगै कार्यक्रमको निर्णायक को रूपमा पूर्व मिस नेपाल शृङ्खला खतिवडा पनि रहने भएकी छिन् ।साथै अडिसन जजको रूपमा रमेश खरेल र शृङ्खला खतिवडा रहने पक्का भएको छ । शोको पहिलो अडिसन चितवनबाट सुरु हुन्छ । कार्यक्रमको प्रस्तोताको रूपमा रवि लामिछाने रहने छन् । यस कार्यक्रमका विजेताले काठमाडौँमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राजनीतिमा नेतृत्व लिने अवसर पाउने छन् । भिडियो हेर्नुहोस !
स्रोत : cinepati
यो पनि पढ्नुहोस ! ‘रंङ्गेहात भेटाउँदा पनि मौका दिएकी थिएँ, म माथि नै विश्वासघात भयो’- दीपिका पादुकोण
फागुन ३०, काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले रणवीर सिंहकी श्रीमती हुन् । उनीहरू खुसीसाथ आफ्नो जिन्दगी बिताइरहेका छन् । यद्यपि समय यस्तो पनि थियो जब दीपिका रणवीर कपुरको प्रेममा पागल थिइन् । उनले रणवीरको नाममा आफ्नो गर्धनमा ट्याटु समेत खोपेकी थिइन् । चारैतिर उनीहरूको प्रेमको चर्चा हुन्थ्यो ।
दीपिका आज जीवनमा निकै अगाडी बढिसकेकी छिन् तर त्यो समय अझै पनि बिर्सन सकेकी छैनन् जुन समय कसैलाई निकै भरोसा र प्रेम गरेकी थिइन् । र उसैले उनको दिल तोडिदिएको थियो । एक अन्तर्वार्तामा दीपिकाले नाम नलिईकन आफ्नो एक्स बोइफ्रेण्ड अर्थात् रणवीर कपुर सँगको प्रेम कहानी खुलेर बताइन् । दीपिकाका अनुसार जब उनीहरू सम्बन्धमा थिए, उनले कहिल्यै चिट गरिनन् । न केही कुरा लुकाइन् । तर दीपिकालाई भने रणवीरले चिट गरेका थिए , उनी यस हदसम्म रणवीरको प्रेममा थिइन् कि उनले दोस्रो अवसर पनि दिइन् । त्यसैले पनि ब्रेक अप हुँदा उनी डि’प्रेसनमा पुगिन् ।
दीपिका भन्छिन्– ‘जब मैले उसको झुट पक्डिएकी थिएँ, सुरुमा लाग्यो हाम्रो सम्बन्धमा केही गडबडी छ । पछि महशुष भयो कि धोका दिने उसको स्वभाव नै थियो । विश्वास’घात भयो ममाथि ।’
यो पनीः दुब्लो भएर चिन्तित हुनुहुन्छ? यी चीज खानुस् ५ दिनमा हुन्छ चमत्कार !
कोही व्यक्ति जति खानेकुरा खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुँदैनन् । जति सुकै प्रोटिनयुक्त वा सन्तुलित खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छन् । आफ्नो शरीरलाई लिएर उनीहरू चिन्तित पनि हुन्छन् । दुब्लो पातलो भएकै कारण कतिपय मानिसहरू तौल बढाउने अर्थात् मोटाउने औषधी खान्छन् तर यस्ता औषधीहरूले स्वास्थ्यमा गम्भीर हाने पु¥याउने गर्छ । चिकित्सकहरू पनि यस्ता औषधिहरू सेवन नगर्न सुझाव दिन्छन् ।
हाम्रो शरीरको वजन बढाउन र पातलो वा दुब्लो शरीरलाई फुर्तिलो बनाउन कार्बोहाइड्रेट र प्रोटिनले महत्वपूर्ण भूमिका खेल्दछ। प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण केही चिजहरुको खानाले साता दिनमै तपाईको शरीरको वजन बढ्नेछ । तपाई शरीरको तौल बढाउँन चाहानुहुन्छ भने घरमा साबुदानाको खीर र आलु खानुहोस । हरेक दिन दुधमा साबुदाना मज्जाले पकाएर खीर बनाएर खाने गर्नुहोस् । यसले शरीरमा उर्जा प्रदान गर्नुका साथै जस्तोसुकै पातलो मान्छे पनि बलियो, मोटो र मजबुत हुन्छ।
त्यस्तै उसिनेको आलु खानुस् यसले पनि तपाईको तौल बढाउन मद्दत पु¥याउँछ । आलुमा भरपुर मात्रामा कार्बोहाइड्रेट हुन्छ जसले पातलो वा दुब्लो व्यक्तिलाई फुर्तिलो र स्फुर्त बनाई शरीरको तौल बढाउँछ। यो तरिका तौल बढाउनको शत प्रतिशत प्रभावकारी हुने आयुर्वे्दिक घरेलु उपाय हो।