नवजात शिशुमा कोरोना भा’इरसको स’ङ्क्रमण भेटियो

१ चैत २०७६, शनिवार/ फाइल तस्विर ।  बेलायतमा नवजात शिशुमा कोरोना भा’इरस स’ङ्क्रमण देखिएको छ । लन्डनमा ती बच्चा जन्मिएपछि जाँच गर्दा उनमा स’ङ्क्रमण देखिएको हो । बच्चाकी आमाले बच्चालाई जन्म दिनुभन्दा केही दिन अगाडी आफूमा कोरोना भा’इरसको लक्षण देखिएपछि जाँच गर्न अस्पताल गएकी थिइन् । उक्त जाँचको रिपोर्ट बच्चा जन्माउने समयमा आयो, जसमा उनी कोरोनाबाट स’ङ्क्रमित भएको पुष्टि भयो ।

सं’क्रमित बच्चाको आमाबाट जन्मिएकोले नवजात शिशुको स्वास्थ्य जाँच गरिएको थियो । र, उनमा पनि कोरोना सं’क्रमण भएको पुष्टि भएको छ । डाक्टरहरुले शिशु पाठेघरमै हुँदा स’क्रमण भयो या जन्मिएपछि सं’क्रमण भयो भन्ने यकिन नभइसकेको बताएका छन् । अहिले बच्चा र आमालाई छुट्टा छुट्टै राखेर उपचार अगाडी बढाइएको डेली मेलले उल्लेख गरेको छ । एजेन्सी

यो पनी पढ्नुहोसः वुहानकी डाक्टरले गरिन् यस्तो खुलासा- भन्छिन् ‘हामीलाई कोरोनाबारे विश्वलाई नबताउन ध’म्की दिइयो’काठमाडौँ। विश्वभर कोरोनाभा’इरसको स’ङ्क्रमण भया’नक रूपमा फैलिरहेका बेला भा’इरसको इपिसेन्टर चीनको वुहानकी एक डाक्टरले चीन सरकारकै अधिकारीहरुवि’रुद्ध बोलेकी छिन् । उनले आफूहरूले यो भाइरस प्रा’णघा’तक भएको र निकै तीव्र रूपमा फैलिने थाहा पाइसकेको अवस्थामा चीन सरकार र अधिकारीहरूले आफूहरूलाई यस विषयमा केही नबोल्न निर्देशन दिएको आरो’प लगाएकी छिन् । उनले यदि त्यति बेलै सरकार र अधिकारीहरूले आफूहरूको कुरा सुनेको भए यो भा’इरस यसरी महा’मारीको रूपमा नफैलिने दाबी गरेकी छिन् ।

वुहानबाट फैलिएको कोरोनाभा’इरसका कारण अहिलेसम्म विश्वभर १ लाख २२ हजार ९ सय २६ जना सं’क्रमित भइसकेका छन् । ४ हजार ५९५ जनाले ज्या’न गुमाइसकेका छन् । वुहानमा जुन डाक्टरले सबैभन्दा पहिले यो भाइरस पत्ता लगाएका थिए उनको मृ’त्यु भइसकेको छ । केही बेपत्ता भएका छन् । वुहानकी डाक्टर आइ फेनले भनिन् ‘मेरा कैयौं साथी यो रोगका बिरामीको उपचार गर्दागर्दै म’रे । तर, डिसेम्बरमा जब हामीले यो भा’इरसको बारेमा सरकारी अधिकारीहरुलाई बताउँदा हामीलाई चुप लाग्न भनियो ।’

डाक्टर आइ फेनले चीनको म्यागजिन रेनवुलाई दिएको अन्तरवार्तालाई उद्धृत गर्दै द गार्डियनले लेखेअनुसार डाक्टरहरुलाई यो भा’इरसबारे कसैलाई बताए गम्भी’र परिणाम भोग्नुपर्ने चेताव’नी दिइएको थियो । डा. फेन वुहान सेन्ट्रल हस्पिटलको आकस्मिक विभागकी निर्देशक हुन् । यो भा’इरसको विषयलाई सामाजिक संजालमा उठाउने डा. फेनका सहकर्मी डा. ली वेनलियांग अहिले जेलमा छन् । डा. फेनले भनिन् ‘यदि मलाई यो भा’इरसले यति धेरै मानिसको ज्या’न लिन्छ भन्ने त्यतिबेलै थाहा भएको भए म चुप बस्दिनथें । म विश्वभर यो कुरा सबैलाई बताउँथें । जुन माध्यमले मिल्छ म यो जानकारी सबैलाई दिन्थें चाहे कसैले मलाई जेलमा नै किन नहालोस् ।’

डा. फेनको यो अन्तरवार्ता रेनवुले आफ्नो वेबसाइटबाट हटाइसकेको छ । चीनका सामाजिक संजालबाट पनि डा. फेनको अन्तरवार्ता गायब पारिसकिएको छ । तर, केही चिनियाँ नागरिकले यो अन्तरवार्ताको स्क्रिनशट लिएका थिए । अब डा. फेनको अन्तरवार्ता इमोजी र मोर्स कोडमा बदलेर सामाजिक संजालमा भा’इरल गराइँदैछ । यसलाई निर्माता टोनी लिनले पनि आफ्नो ट्वीटरमा शेयर गरेका छन् ।

डा. फेनका अनुसार ३० डिसेम्बरका दिन उनीकहाँ कैयौं बिरामीहरु उस्तै किसिमका लक्षणको साथमा आएका थिए । उनीहरुको नमूना ल्याबमा परीक्षण गर्दा उनीहरुमा भएको भाइरस सार्स कोरोनाभा’इरसजस्तै भएको पाइएको थियो । डा. फेनले रिपोर्टको फोटो खिचेर आफ्ना बरिष्ठ र सरकारी अधिकारीहरुलाई पठाइन् । बेलुकासम्म त्यो रिपोर्ट वुहानका सबै डाक्टरसम्म पुग्यो । डा. ली वेनलियांगले यसलाई सामाजिक संजालमा राखेर विश्वलाई नयाँ कोरोनाभाइर फैलिइरहेको जानकारी दिए ।

त्यही राती डा. फेनलाई यो नयाँ भाइरसको बारेमा कसैलाई नबताउन निर्देशनसहित अस्पताल प्रबन्धनको सन्देश आयो । दुई दिनपछि उनलाई धम्की दिइयो कि यसको बारेमा कसैलाई केही बताए परिणाम निकै नराम्रो हुनेछ । डा. फेनले सबै सरकारी अधिकारी र अस्पताल प्रबन्धनलाई सम्झाउने कोसिस गरिन् तर कसैले उनको कुरा सुनेनन् । २१ जनवरीसम्म इमरजेन्सी विभागमा हरेक दिन १५२३ बिरामी आउन थालेका थिए । डा. फेनले भनिन् ‘म त्यो दिन भुल्न सक्दिन जब एक बिरामी छोराको मृ’त्युपछि डाक्टर उनका पितालाई मृ’त्यु प्रमाणपत्र दिइरहेका थिए र ती वृद्ध डाक्टरतिर एकटक हेरिरहेका थिए ।’ डिसी नेपाल बाट