विवाह पछि आँचल र उदिप मिडियामा, आँचल भन्छिन्ः उदिप सोचे भन्दा बढी रोमान्टीक पाएँ ( भिडियो )

काठमाडौँ । अभिनेत्री आँचल शर्मा विवाह बन्धनमा बाँधिएकी छिन् । प्रेम सम्बन्धमा रहेको केही समय पश्चात् आँचलले प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । बुढानीलकण्ठ स्थित पार्क भिलेजमा विवाह सम्पन्न भएको थियो । आँचल शर्मा र उदिप श्रेष्ठले आज रिसेप्सन पार्टीमा पहिलो चोटि मिडिया सामु आएर आफ्नो प्रेमकथा सुनाएका छन् । रिसेप्सन पार्टीमा मिडिया कर्मी संग अन्तरक्रिया गर्दै आँचल र उदिपले एक अर्काको बानीले गर्दा प्रेम सम्बन्धमा बाँधिएको बताएका छन् ।

उदिप श्रेष्ठले आँचल शर्मा पाउँदा एकदम खुसी भएको उल्लेख गरेका छन् । विवाह पश्चात् आँचल शर्मा रोएको देख्दा उदिप समेत भावुक भएर डराएको कुरा आँचल शर्माले सुनाएकी छिन् । आँचललाई उदिप श्रेष्ठको माया गर्ने बानीले गर्दा विवाह गर्न कस्सिएको बताएकी छिन् । उदिप श्रेष्ठले आँचल शर्माको फिल्म प्रेम सम्बन्धमा पर्नु अघि नहेरेको बताएका छन् । आँचलले विवाह पश्चात आफुलाई गाह्रो नपरेको बताएकी छिन् ।

नेवार समुदायमा विवाह गरेको हुँदा कुनै समस्या नपरेको तर व्यस्तता भएको चाही बताएकी छिन् । विवाह पश्चात नयाँ घर पुगेर आफु विहानै ४ बजे नै उठेको बताएकी छिन् । दुई परिवारको संस्कार फरक भएका कारण केहि गाह्रो भएको तर परिवारले साथ सहयोग गरेकाले सहज भएको आँचलले प्रष्टाएकी छिन् । क्यानडा नेपालले तयार पारेको अन्तर्वाता हेर्नुहोस ।