रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाउँदै ,कोरोनाका विरामीको निःशुल्क उपचार ।

२ चैत २०७६, आइतवार, एजेन्सी । कोरोना भा’इरसको स’ङ्क्रमण फैलिएसँगै पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटेललाई अस्पतालमा परिवर्तन गर्न सुरु गरेका छन् । पोर्चुगलमा समेत कोरोनाको स’ङ्क्रमण बढ्न थालेपछि रोनाल्डोले बिरामीको उपचारका लागि आफ्नै होटेललाई अस्पतालमा रूपान्तरण गरेका हुन् । रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटेल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्राष्ट्रियसञ्चार माध्यमले जनाएका छन् ।

रोनाल्डोले होटेललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना सङ्क्रमित बिरामीको निःशुल्क उपचार गर्न लागेको बताइएको छ । रोनाल्डोले बिरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च निःशुल्क गर्न लागेका हुन् । उपचारमा संलग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले व्यक्तिगत गर्नेछन् । फुटबलमा विश्वभर ख्याति कमाएका रोनाल्डो सामाजिक कार्यमा पनि मनकारी छन् । रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मानवीय गुणले पनि भरिपूर्ण व्यक्ति भएको भन्दै उनको अहिले विश्वभर तारिफ भइरहेको छ ।

इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्रमण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो । तर प्रशिक्षणपछि उनमा कोरोनाको सं’क्रणम फेला परेको थिएन । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई को’रोना सं’क्रमित भएको पृष्टि भएको छ । अहिलेसम्म कसैको ज्या’न भने गएको छैन ।