दुर्गेश र रक्षाको दमदार प्रस्तुति रहेको नयाँ गीत ‘रुमाल झोलामा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ ०३ चैत / वीर बल ढकालको नयाँ साङ्गीतिक कोसेली रुमाल झोलामा बोलको गीति एल्बम युट्युब मार्फत सार्वजनिक गरिएको छ ।वीर बल ढकाल र पछिल्लो समयमा अत्यन्त चर्चित गायिका कमला पोखरेलको सुमधुर स्वर रहेको एल्बममा काजीबाबु अर्यालले शब्द कोरेका छन् । गोरखा चौतारी म्युजिक प्रा.ली मार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियो मा चर्चित मोडल तथा गायक दुर्गेश थापा तथा नायिका रक्षा श्रेष्ठको दमदार प्रस्तुति देख्न सकिन्छ ।

गीत सार्वजनिक भएको दुई दिनमा नै अत्यन्त चर्चा बटुल्न सफल एल्बमलाई दर्शक स्रोताले निकै मन पराएको पाइन्छ । माया गर्ने प्रेमिल जोडीहरूले एक अर्काको निम्ति चिनो तथा उपहार लिएर दिन आतुर भएको भाव यस गीतमा झल्किन्छ । गीतमा नयाँ शैली र टिपिकल शब्दहरूको चयन पृथक् भएका कारण दर्शक र स्रोताले मन पराएको पाइन्छ । भिडियो हेर्नुहोसः