पहिलो पटक मानिसमा यसरी गरियो कोरोनावि’रुद्धको खोप परीक्षण (तस्बिर सहित)

एजेन्सी, ४ चैत्र । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भा’इरस (काेभिड- १९) ले जनमानसमा त्रा’स फैलाइरहँदा अमेरिकामा भने यस वि’रुद्धको खोपको परीक्षण गरिएको छ । अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भा’इरस वि’रुद्धको पहिलो खोप परीक्षण गरेका हुन् । सियाटलस्थित काइजर पर्मानेन्टे वासिङटन रिसर्च इन्स्टियूटका अनुसन्धानकर्ताहरूले चार स्वस्थ स्वयंसेवीलाई पहिलो भ्याक्सिन लगाइदिँदै यसको परीक्षण सुरु गरेका हुन् ।

यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने विज्ञहरूले बताएका छन् । कोरोना वि’रुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया महिला रहेकी छिन् । ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो’, जेनिफर हालेर नामकि ती महिलाले समाचार संस्था एपीसँग भनिन् । त्यसपछि अन्य तीन जनालाई यसको खोप लगाइएको थियो । वैज्ञानिकहरूले ४५ स्वयंसेवीहरूलाई एक महिनाको अवधिमा दुई पटक खोप दिनेछन् । परीक्षण अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गरिएको हो । सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा पहिलाेपटक मानवमा परीक्षण हुन लागेको साे खाेपकाे नाम mRNA-1273 राखिएकाे छ ।