अ’ष्ट्रेलियामा रहेका ५ लाख मानिसको रोजगारी गुम्दै

सिड्नी । को’रोना भाइरस (कोभिड–१९)को संक्रमण सँगै निम्तिएको आर्थिक संकटको कारण अ’ष्ट्रेलियामा रहेका करिब ५ लाख मानिसको जागिर गुम्ने भएको छ । विश्व व्यापी बन्दै गएको को’रोना भाइरस अष्ट्रेलियामा पनि फैलदै गएको छ ।को’रोनाकै कारण भिक्टोरिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियनको राजधानी वरि परिका क्षेत्रमा संकट काल लागेको घोषणा भइसकेको छ । सोही कारण धेरैको जागिर धरापमा परेको छ ।

अष्ट्रेलियाको मन्त्रिपरिषद्को बैठकमा आगामी हप्ता वा महिनाभित्रमा बेरोजगारको दर १० लाखसम्म पुग्ने उठिसकेको छ ।कम्पनीहरुलाई समेत कोरोनाले प्रभावित भनाइसकेको अवस्थामा कर्मचारी कटौती हुन थालेको छ । विशेष गरेर पर्यटन, होटल तथा एयरलाइन्स कम्पनीहरुले ठूलो संख्यामा कर्मचारी कटौती गर्न थालेपछि कर्मचारीहरु समस्यामा पर्न थालेका छन् ।अष्ट्रेलियन नेशनल युनिभर्सिटीका प्रोफेसर पिटर ह्वाइटफोर्डले यो बेरोजगारीको समस्या विकराल बन्ने बताएका छन् । उनले भनेका छन् ‘हामी धेरै ठूलो जनसंख्यालाई कामको समस्या हुने भन्ने बारेमा कुरा गर्दैछौं ।’ स्रोत :  नेपाली पत्र 

यो पनि पढ्नुहोस ! कोरोनाका कारण अस्ट्रेलियाका यि तीन राज्यमा सं’कटकाल घोषणा

सिड्नी — कोरोना भाइरस (कोभिड – १९) को सङ्क्रमण रोक्नका लागि अस्ट्रेलियाका तीन राज्यमा आपत्काल घो’षणा गरिएको छ ।सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरेर भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) र दक्षिण अस्ट्रेलियन सरकारले जनस्वास्थ्यका लागि स’ङ्कटकाल घोषणा गरेको हो ।  केन्द्रीय सरकारले अस्ट्रेलिया आउने जोहोकीले अनिवार्य १४ दिनसम्म ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने नियम लगाएको भोलिपल्ट भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) र दक्षिण अस्ट्रेलियन सरकारले यस्तो घो’षणा गरेका हुन् ।

अहिलेसम्म यसबाट ३ सय ३४ जना संक्रमित बनिसकेका छन भने मृ’त्यु हुनेको संख्या ५ पुगिसकेको छ ।  तीन राज्य सरकारले गरेको यस घो’षणासँगै सम्बन्धित प्रमुख स्वास्थ्य अधिकारीलाई केन्द्र सरकारले लागू गरेको १४ दिने सेल्फ आइसोलेसनको नियमलाई पालना गर्नका लागि थप अधिकार प्रदान गर्नेछ भने स्रोत परिचालनका लागि समेत थप अधिकार दिनेछ । अस्ट्रेलियामा कोरोना भा’इरसको सं’क्रमण हरेक दिन बढ्ने क्रममा छ, भिक्टोरिया सरकारले एक महिनासम्मका लागि आपत्कालीन अवस्थाको घो’षणा गरेको छ ।

अस्ट्रेलियन क्यापिटल टेरिटोरी र दक्षिण अस्ट्रेलियाका सरकार प्रमुखले आफूले यस भाइरसको सं’क्रमणलाई ग’म्भीरताका साथ लिएको र यो नियमको कडाइका साथ पालना गरिने जनाएका छन्। अस्ट्रेलियाले सोमबारदेखि लागू गरेको १४ दिने सेल्फ आइसोलेसनको नियमलाई पालना नगर्नेलाई १३ हजार डलरसम्म जरिवाना गरिनेछ । 

यो पनि पढ्नुहोस ! अमेरिकन आइडलमा नेपाली युवा दिवेशले दिए अर्को दमदार प्रस्तुति (भिडियो सहित)

एजेन्सी । अमेरिकी आइडलमा दमदार प्रस्तुति दिएर चर्चामा आएका नेपाली गायक दिवेस पोखरेलले अर्को उत्साहजनक प्रस्तुति दिएका छन् । पहिलो जसरी नै उनको यस प्रस्तुतिले पनि जज र उपस्थित दर्शकहरूको मन जितेको छ । अमेरिकन आइडलले आफ्नो आधिकारिक युट्युब च्यानलमा राखेको भिडियो मा दिवेश अडिसनमा छनोट भएपछि लस एन्जलसको हलिउड पुगेको देख्न सकिन्छ ।

जहाँ उनले अर्का एक प्रतिस्पर्धीलाई आफ्नो परिचय दिँदै आफू सगरमाथाको देश नेपालबाट आएको भनेका छन् । उनले लस हलिउडमा आफ्नो अनुभव सुनाउँदै सबै चमकदार र हिराजस्तै सुन्दर भएको बताएका छन् । यसपछि उनले आफू गायकसहित गीत लेखक दुवैमा पर्ने बताए र दोस्रो प्रस्तुतिका लागि स्टेजतर्फ लाग्छन् जहाँ उनलाई जज र दर्शकहरूले उत्साहपूर्वक स्वागत गरेको देख्न सकिन्छ । नमस्ते भनेर अभिवादन गरिसकेपछि उनले पहिले जसरी नै गितार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ नामक गीत गाउन सुरु गर्छन् र फेरि पनि जजहरूलाई आश्चर्यमा पार्छन् ।यसरी प्रस्तुति पूरा भइसकेपछि पनि सबैले ‘मोर मोर’ भनी उनलाई अझै गाइरहन भन्छन् । जस कारण उनले थप केही बेर गाउँछन् । स्टेज बाहिर पुगिसकेपछि उनले आफू दर्शक र जजहरूको मन रिझाउन सफल भएको बताएका छन् । यता जजहरूले पनि दिबेसको प्रस्तुतिले विश्व चर्चित गायक बब मार्लीको याद दिलाएको भनी अन्तिमसम्म उनको प्रशंसा गरेका छन् । उनमा बब मार्लीको जस्तै ‘स्पिरिट’ भएको भन्दै उनीहरू उत्साहित भएका हुन् ।अमेरिकन आइडलको १८ औँ सिजनमा पुग्न सफल दिवेशले एक महिनाअघि दिएको प्रस्तुतिलाई जजसमेत रहेकी लोकप्रिय गायिका क्याटी पेरीले ‘तिमी उत्कृष्ट छौ’ भन्ने हौसला बढाइदिएकी थिइन् । अर्का जज लुक ब्रायनले दिवेशलाई प्रतिभा शाली कलाकार भनेर तारिफ गरेका थिए । भने जज लियोनल रिचीले आगामी यात्राको शुभकामना दिएका थिए । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा पाँच वर्षदेखि बस्दै आएका छन् ।

Related posts

Leave a Comment