रंगेहात भेटाउदा पनि माफी दिने मूर्खता गरें – दीपिका पादुकोण

एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना पूर्व प्रेमी लाई अरू कसैसँग रंगेहात भेटाएको खुलासा गरेकी छन्।हालै दिएको एक अन्तरवार्तामा उनले यस बारेमा बताएकी हुन्।सो अन्तरवार्तामा उनले नाम नलिइ आफूले रंगेहात भेटाउदा  पनि ती पूर्व प्रेमी लाई दोश्रो मौका दिने मूर्खता गरेको बताइन्।

‘म कति बेवकुफ थिएँ भने मैले उसलाई दोश्रो मौका दिएँ, जबकी उसलाई मैले रंगेहात भेट्टाएको थिएँ। उसले मसँग भिख मागेको थियो, बिन्ती गरेको थियो’ उनले भनिन्, ‘म उसँग यति पागल थिएँ कि उसलाई मैले माफी दिएँ। त्यसपछि मलाई ती सबै कुराबाट बाहिर आउन समय लागेको थियो।’

हाल रणवीर सिंहसँग वैवाहिक जीवनमा रहेकी दीपिका नाम विभिन्न समय विभिन्न व्यक्तिसँग जोडिएको थियो। यसमा कमै नाम सुनिएका निहार पाण्डेदेखि लिएर पूर्व भारतीय क्रिकेटर युवराज सिंह, व्यवसायी घरानाका सिद्धार्थ माल्या र रणवीर कपुर रहेका छन्।त्यसैगरी दीपिकाले अन्तरवार्तामा यौन भनेको शारिरिक निकटता मात्र नभइ भावनासँग जोडिएको कुरा भएको बताएकी छन्।

‘मेरा लागि यौनको अर्थ शारिरिक निकटता मात्र होइन, यसमा भावनासमेत जोडिएको हुन्छ। मैले कसैलाई धोका दिएको छैन र कसैसँग केही कुरा लुकाएको पनि छैन। यदि मलाई कसैले धोका दिन्छ भने म ऊसँग सम्बन्धमा किन बस्नु? यो भन्दा त म एक्लै ठीक छु’,अन्तरवार्तामा उनले भनेकी छन्।मिडियासमक्ष आफ्ना कुरा स्पष्ट राख्ने दीपिकाले उनको पछिल्लो निर्माण तथा अभिनय रहेको ‘छपाक’बाट राम्रो समीक्षकीय तारिफ बटुलेकी थिइन्।अब उनी छिट्टै आफ्ना पति तथा अभिनेता रणवीर सिंहसँग कपिलदेवको जीवनीमा आधारित ‘८३’बाट दर्शकमाझ आउँदैछिन्।

यो पनि पढ्नुहोस ! ट्रोल बनेकी नेहा धुपियाका श्रीमान् अंगदले ‘इट्स माई चोइस, यी हुन् मेरा ५ प्रेमिका’ भन्दै सेयर गरे तस्बिर ।

५  चैत २०७६, बुधबार , एजेन्सी । पछिल्लो दिन नायिका नेहा धुपिया आफ्नो एक ‘इट्स हर चोइस’ वाला कमेन्टका का कारण ट्रोलर्सको निशानमा परिन् । अब श्रीमतीको यो कमेन्टको समर्थन गर्नका लागि अंगद बेदीले आफ्नो पाँच प्रेमिको तस्बिर सेयर गरेका छन् । तर उनको यो पोष्टका कारण अंगद आफैं पनि ट्रोलर्सको निशानामा परेका छन् । अंगदले आफ्नी श्रीमतीको समर्थन गर्दै एक पोष्टमा लेखेका छन्, ‘सुन् मेरो कुरा… यी हुन् मेरा पाँच प्रेमिका । जे गर्न सक्छौ गर ।’

आफ्नो यो पोस्टमा अंगदले श्रीमती नेहालाई पनि ट्याग गरेका छन् र ह्याशट्यागसहित लेखेका छन् ‘इट्स माई चोइस’ । वास्तवमा यी तस्बिरमा अंगद आफ्नी श्रीमतीसँग अलग अलग पोजमा देखिएका छन् । तर यस विषयमा अंगदले श्रीमतीलाई गरेको समर्थन मानिसहरुलाई मन परेन । कतिले उनलाई श्रीमतीको गल्तीमा साथ दिएका भन्दै ट्रोल गरेका छन् । स्मरण रहोस्, एक दिन अघि मात्रै नेहा धुपियाले आफ्नो यो बयानबारे स्पष्टिकरण दिएकी छिन् । नेहाले आफ्नो बयानमा लेखिन्, ‘दुर्भाग्यवश, हिंसावि’रुद्ध बोल्दा ममाथि जे भइरहेको छ, त्यो राम्रो होइन ।

एक व्यक्तिले प्रेमिकाले उनलाई धोका दिएकोमा उनलाई चड्कन हानेको मलाई बताए । मलाई उसको कुरा ठिक लागेन । त्यसकारण मैले उनलाई गाली गरेँ । मैले महिलाको सुरक्षाको दृष्टिकोणबाट आवाज उठाएको थिएँ ।’ नेहाले थपिन्, ‘हरेक व्यक्तिको आफ्नो छनोट हुन्छ । कसैले कसैलाई माया गर्ने नगर्ने त्यो उसको आफ्नो नीजि इच्छा हो । तर यस्तोमा कसैले पनि कसैमाथि सांघातिक आक्रमण गर्न सक्दैन । यो कुरा मलाई ठिक लागेन त्यसकारण आवाज उठाएँ ।

तर मेरो एउटा पोस्टमा ५५ हजार भन्दा बढी कमेन्ट आयो । यसमा धेरैजसो नकारात्मक थिए । तर म त्यतिबेला पनि चुप बसेँ । तर पछिल्ला केही दिनदेखि यो विषयसँग कुनै लेनदेन नभएका व्यक्तिलाई मानसिक रुपमा प्रताडित गरिँदै छ ।’ अंगदले सेयर गरेका यि ५ तस्विर जसमा अंगद आफ्नी श्रीमती नेहा धुपियासँग फरक फरक पोजमा देखिएका छन् ।