बलिउड अभिनेता अमिताभ बच्चन देखि आलिया भट्टसम्मका यी सेलिब्रिटी क्वारेन्टाइनमा

५ चैत २०७६, बुधवार, एजेन्सी । भारतमा (कोभिड–१९) को’रोना भा’इरसको कहर लगातार बढिरहेको छ, यस्तोमा मानिसहरू आफूलाई बचाउन हर सम्भव कोसिस गरिरहेका छन् । यस्तोमा बलिउडका कलाकारले पनि कोरोनाबाट बचाउनका लागि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । यो सूचीमा अमिताभ बच्चनदेखि थुप्रै कलाकार समावेश छन् ।

अमिताभ बच्चनः अमिताभ बच्चनले ट्वीटरमार्फत् आफू क्वारेन्टाइनमा भएको जानकारी दिए । उनले सोसल मिडियामा बीएमसीको तर्फबाट हातमा लगाइएको स्ट्याम्प पनि पोष्ट गरेका छन् । बीएमसीले क्वारेन्टाइनमा बस्ने मानिसहरुको हातमा स्ट्याम्प लगाइरहेका छन् । यस्तोमा अमिताभ बच्चन केही दिन आइसोलेशनमा बस्नेछन् । अमिताभ अहिले ब्रह्मास्त्रको सुटिङ गरिरहेका थिए, जुन अहिले स्थगित गरिएको छ ।आलिया भट्टः बलिउड नायिका आलिया भट्ट पनि कोरोना भाइरसबाट बच्नका लागि घरमा नै छिन् । आलियाले एक तस्बिर सेयर गर्दै सेल्फ क्वारेन्टाइन बस्दासमेत फिटनेसको पूर्ण ध्यान राखिरहेको बताएकी छिन् । कोरोना भायरसका कारण ब्रह्मास्त्रको सुटिङमा पनि प्रभावित भइरहेको छ ।अर्जुन कपुरः अर्जुन कपुर पनि लामो समयदेखि कोरोना भाइरसका कारण सजगता अपनाइरहेका छन् । उनले इन्स्टाग्राममार्फत् आफू क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् ।दिलिप कुमारः योबोहक दिलिप कुमार पनि क्वारेन्टाइनमा बसेका छन् । दिलिप कुमार लामो समयदेखि बिरामी छन् र उमेर धेरै भएका कारण उनले विशेष सजगता अपनाउनुपर्ने हुन्छ ।

यो पनीः रंगेहात भेटाउदा पनि माफी दिने मूर्खता गरें – दीपिका पादुकोण
एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना पूर्व प्रेमी लाई अरू कसैसँग रंगेहात भेटाएको खुलासा गरेकी छन्।हालै दिएको एक अन्तरवार्तामा उनले यस बारेमा बताएकी हुन्।सो अन्तरवार्तामा उनले नाम नलिइ आफूले रंगेहात भेटाउदा  पनि ती पूर्व प्रेमी लाई दोश्रो मौका दिने मूर्खता गरेको बताइन्।‘म कति बेवकुफ थिएँ भने मैले उसलाई दोश्रो मौका दिएँ, जबकी उसलाई मैले रंगेहात भेट्टाएको थिएँ। उसले मसँग भिख मागेको थियो, बिन्ती गरेको थियो’ उनले भनिन्, ‘म उसँग यति पागल थिएँ कि उसलाई मैले माफी दिएँ। त्यसपछि मलाई ती सबै कुराबाट बाहिर आउन समय लागेको थियो।’

हाल रणवीर सिंहसँग वैवाहिक जीवनमा रहेकी दीपिका नाम विभिन्न समय विभिन्न व्यक्तिसँग जोडिएको थियो। यसमा कमै नाम सुनिएका निहार पाण्डेदेखि लिएर पूर्व भारतीय क्रिकेटर युवराज सिंह, व्यवसायी घरानाका सिद्धार्थ माल्या र रणवीर कपुर रहेका छन्।त्यसैगरी दीपिकाले अन्तरवार्तामा यौन भनेको शारिरिक निकटता मात्र नभइ भावनासँग जोडिएको कुरा भएको बताएकी छन्।

‘मेरा लागि यौनको अर्थ शारिरिक निकटता मात्र होइन, यसमा भावनासमेत जोडिएको हुन्छ। मैले कसैलाई धोका दिएको छैन र कसैसँग केही कुरा लुकाएको पनि छैन। यदि मलाई कसैले धोका दिन्छ भने म ऊसँग सम्बन्धमा किन बस्नु? यो भन्दा त म एक्लै ठीक छु’,अन्तरवार्तामा उनले भनेकी छन्।मिडियासमक्ष आफ्ना कुरा स्पष्ट राख्ने दीपिकाले उनको पछिल्लो निर्माण तथा अभिनय रहेको ‘छपाक’बाट राम्रो समीक्षकीय तारिफ बटुलेकी थिइन्।अब उनी छिट्टै आफ्ना पति तथा अभिनेता रणवीर सिंहसँग कपिलदेवको जीवनीमा आधारित ‘८३’बाट दर्शकमाझ आउँदैछिन्।

Related posts

Leave a Comment