चैत्र २८ मा रिलिज नहुने भयो चलचित्र ‘प्रेम गीत ३’ ।

०५ चैत्र २०७६, काठमाडौँ । कोरोना भाइरस को प्रत्यक्ष असर फिल्म क्षेत्रमा पनि देखिएको छ । प्रदर्शनको तयारीमा रहेका चलचित्र धमाधम सरिरहेका छन् भने केही चलचित्रको छायाङ्कन समेत रोकिएका छन् । केही समय अघि फागुन ३० मा रिलिज हुने भनिएको चलचित्र म यस्तो गीत गाउँछु २ को प्रदर्शन मिति सर्‍यो, चैत्र ७ मा प्रदर्शनमा आउने भनिएको नीर फूल पनि सर्‍यो, चैत्र २१ मा रिलिज हुने लक्का जवान सर्‍यो र वर्षकै सबैभन्दा प्रतीक्षित चलचित्र प्रेम गीत ३ पनि अब चैत्र २८ मा रिलिज नहुने भएको छ ।

प्रेम गीत ३ सँगै चैत्र २८ मा माइकल अधिकारी र चपली हाईट ३ रिलिज हुने कुरा थियो । प्रेम गीत ३ सँगै माइकल अधिकारीले पनि रिलिज डेट पछाडि सारेको छ भने चपल हाईट अहिलेसम्म चलचित्र सरेको कुनै आधिकारिक जानकारी दिएको छैन । अब पछाडि धकेलिएका यति धेरै चलचित्रहरू कहिले रिलिज हुन्छन् त्यसको कुनै टुङ्गो छैन । यसरी चलचित्र रोकिँदा हल सञ्चालकलाई मात्र नभएर कलाकारलाई पनि असर पर्ने देखिन्छ ।

यो पनी पढ्नुहोसः जिवेशले गरेको व्यवहार सम्झिएर अन्तरवार्तामै धरधरी रोइन् रियासा { भिडियो }काठमाडौँ ०५ चैत / युट्युब सिरियल ‘आजकलको लभ’ पनि दर्शकले रुचाएको सो हो । विशेष गरी युवा पुस्तालाई लक्षित गरी बनाइने गरिएको सो सिरियलमा समाजमा हुने घ टनालाई विषय बस्तु बनाउने गरिएको छ । तर, अहिले सो सिरियलको टिम विवादमा परेको छ । करिब आधा दर्जन कलाकार बाहिरिएसँग निर्देशक जिवेश गुरुङ वि वादमा परेका छन् ।

बाहिरिएका कलाकारहरूले उनीमाथि या तना दिएको आ रोप लगाएका छन् । बाहिरिने कलाकारहरू मध्ये रियासा दाहाल, कञ्चन खड्का र युग ज्योति गौतमले आफूहरूलाई निर्देशक जिवेशले मानसिक या तना दिँदै करियर सिद्ध्याइदिने धम्की दिएको आ रोप लगाएका छन् । कञ्चन खड्काले आफूसँग विवाह गर्न जिवेशले दबाब दिएको बताइन् । तर, यसबारे निर्देशक जिवेश गुरुङले कुनै प्रतिक्रिया भने दिएका छैनन् । भिडियो हेर्नुहोस् :