सन्तोष पन्तको खब पूलाई व्यंग्य: हिमेश पन्तले १५ लाख दिए मैले विजेता बनाइदिए ! भिडियो सहित

काठमाडौ । कमेडी च्या म्पियन को विजेता हिमेशपन्त भए संगै खड्गबहादुर पून का समर्थक हरुले विरोध जनाएका थिए । यहि विषयमा उक्तशोका निर्माता देखि जज हरुले स्पष्टि करण दिंदै आएका छन् ।यहि विषयमा शोका एक जज सन्तोष पन्तले खुलेर भनेका थिएकि हिमेश पन्तले १० लाख भोटले खब पूलाई जितेका हुन् ।

आज सन्तोष पन्तले क्यानाडा नेपालसंग कुराकानीमा खबपू माथि व्यंग्य गर्दै भने, “हो मैले पन्त पन्त भनेर हिमेशलाई जिताएको हुँ । अब हिमेशले मलाई १५ लाख दिन्छ र आफु १० लाख राख्छ । अब मैले यो भन्दा कसले पत्याउँछ ? के म मात्र जज थिएँ त्यो कार्यक्रममा ? यस्तो हावा विरोध गरेर हुन्छ । जसले धेरै भोट पायो उसैले जितेको हो कुनै जातिवादी कुराले होईन ।”

सन्तोष पन्तले खबपूका समर्थकले गरेको विरोधलाई विश्लेषण गर्दै भने, “वहाँहरुले विरोध गर्नुको कारण जायज पनि छ । आफुहरुले भोट दिएकोले गर्दा जित्नुपर्छ भन्ने तर्कले हो तर यो सधै हुदैन र यो प्रजातान्त्रिक तरिका समेत भएन । आएको निर्णयलाई स्विकार्नु जरुरी छ र यो संस्कारलाई अगाडि बढाउन जरुरी छ ।” भिडियो हेर्नुहोस ! 

यो पनि पढ्नुहोस ! लेहेङ्गामा सजिएकी बोल्ड एण्ड ब्युटिफूल अभिनेत्री स्वस्तिमा खड्का (फोटो फिचर)

चैत्र २०७६, काठमाडौँ । पछिल्लो समयकी सर्वाधिक लोकप्रिय अभिनेत्री हुन् स्वस्तिमा खड्का। उनको डिमाण्ड सँगै पारिश्रमिक पनि निकै बढ्दै गएको छ । उनको हातमा चलचित्रको कमी छैन । स्वस्तिमाको अभिनयको मात्र नभएर सुन्दरताको पनि सधैँ चर्चा हुने गरेको छ । केही दिन अघि मात्र उनी नायिका आँचल शर्माको विवाहको रिसेप्सन पार्टीमा पुगेकी थिइन् । उनी लेहेङ्गा लगाएर त्यहाँ पुगेकी थिइन् ।

लेहेङ्गामा स्वस्तिमा असाध्यै राम्री देखिएकी थिइन् । जसका कारण सबैको नजर उनीमा पर्न गयो । यतिबेला स्वस्तिमा चपली हाईट ३ को केही काममा व्यस्त छिन् । उक्त चलचित्र चैत्र २८ बाट प्रदर्शनमा आउने भनिएको थियो । तर कोरोना भाइरस का प्रदर्शन मिति सारिने सम्भावना प्रवल छ । हेर्नुहोस् अभिनेत्री स्वस्तिमा खड्कालाइ ६ तस्विरमा । तस्विर स्रोतः स्वस्तिमा खड्का इन्स्टाग्राम