पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ। शुक्रबार थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित नेपालमा हालसम्म ११ हजार ६ सय ३७ जना उपचारपछि निको भएका छन्। मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृ’त्यु भएको जानकारी मन्त्रालयले दिएको छ।