नायिका एलिजा गौतमले डेब्यु भिडियो बाट आएको केही रकम बाढी पहिरो पी’डितलाई सहयोग गर्ने

काठमाडौँ/ पछिल्लो समय सिन्धुपाल्चोक सँगै देशभर गइरहेको बाढी पहिरो प्रभावितलाई नायिका एलिजा गौतमले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । एलिजाले आफ्नो पहिलो म्युजिक भिडियो बाट पाएको पारिश्रमिकको केही रकम देशका बाढी प्रभावितलाई सहयोग गर्ने बताएकी हुन् ।

हेर्नुस् उनको स्ट्याटस यस्तो छ :
नमस्कार सबैमा, यो समयमा देशभर गैरहेको बाढी पहिरो र यसले पारेको जान धनको क्षतीले निकै दुःखीत बनाएको छ । यो विपतीको घडीमा सबैले सामना गरौं र आफ्नो ठाउँबाट सक्ने सहयोग गरौं। मैंले पनि यो समयमा आफुले सकेको केहि सहयोग गर्ने प्रतिबद्धता गरेको छु । केहि दिन अगाडी बजारमा आएको आधी कपालबाट मैंले पाएको पारिश्रमिकको केहि रकम (५० हजार) सिन्धुपाल्चोकको बाढी पिडित परिवारलाई केहि साहस बढोस् भनि सहयोग गर्ने सोचेको छु । त्यहाँको अवस्था देखेर निकै मन दुखेको छ ।

त्यसैले एक नेपालीलाई पर्दा अर्को नेपालीलाई सहयोग गर्ने भावना बढाउने कोसिस गरांै । थोपा थोपा मिलेर सागर बन्छ ।सरकारको राहत कुरेर बसेका पीडितले कहिले राहत पाउने थाहा छैन् बरु हामीले चाँडो भन्दा चाडो सहयोग गरौं । धन्यवाद !’ एलिजाले आफ्नो फेसबुकमा लेखेकी छिन् ।