७ सय रुपैयाँले घट्यो सुनको मूल्य, आजको सुनचाँदीको भाउ हेर्नुहोस्

काठमाडौँ । सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । गत मङ्गलवार देखी घट्न थालेको सुनचाँदीको भाउ बिहीबार (आज) पनि घटेको छ । हिजो (बुधवार) को तुलनामा आज (बिहीबार) सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापवाल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९७ हजार २ सय तोकिएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा ७ सय रुपैयाँले नै झरेर ९६ हजार कायम भएको छ । हिजो तोलाको ९६ हजार ७ सय थियो । यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ६५ रहेको चाँदी आज १३ सय ४५ मा झरेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *