अर्जुन विकको जीवनमा आधारित मनछुने भिडियो ‘बिहानी’ सार्वजनिक

काठमाडौँ / अर्जुन विकको आफ्नै कथामा तयार भएको ‘बिहानी’ सार्वजनिक भएको छ। निकै नै मार्मिक तरिकाले बनाइएको यस चलचित्रमा गीत,कथा अनि अभिनयको राम्रो मिश्रण छ । सशान कँडेलको आवाजमा रहेको यस चलचित्रमा कथा,पटकथा ,संवाद तथा निर्देशन पनि कँडेलको कै रहेको छ। निकै नै उत्कृष्ट ढङ्गले यो चलचित्रको निर्देशन गरिएको छ। महेश ज्ञवालीको शब्द तथा संगीत रहेको यस गीतमा संगीत संयोजन र ब्याकग्राउण्ड काम भने बिनय कार्कीको रहेको छ।

भिडियोमा अर्जुन बिकसंगै उनकै छोरा बिकास बिक र उनको श्रीमतीको रोलमा रक्षा बस्नेतको बेजोड अभिनय रहेको छ। बुद्ध थापाको छायांकन र बिकाश दाहलको सम्पादन रहेको छ। १५ मिनेटको यो यस म्युजीकली फिल्मले २ घन्टाको फिल्म हेरेको आनन्द दिन्छ । रिलिज भएको केही समयमा नै धेरै राम्रो प्रतिक्रिया पाएको यस छोटो चलचित्र ‘बिहानी’ले सबैको मन जित्ने पक्का छ।

भिडियो हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *