फुटबलर नेयमारलाई कोरोना सङ्क्रमण

काठमाडौँ– ब्राजिलियन फुटबलर नेयमार जुनियरसहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। नेयमार सहित डिमारिया र लियोनार्दो पेरेडेसलाई कोरोना देखिएको हो। पीएसजीले खेलाडीलाई कोरोना देखिएको पुष्टि गर्दै लेखेको छ, ‘तीन खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार सुरक्षित रहेका छन् ।’

पीएसजीले जारी सम्पन्न युरोपियन च्याम्पियन लिगमा फाइनलसम्मको यात्रा तय गरेको थियो। कोरोना सङ्क्रमित पाइएका तीनै जना खेलाडीले सो खेलमा सहभागिता जनाएका थिए। यस कारण पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन। पीएसजीले सेप्टेम्बर १० बाट मात्र घरेलु लिगमा खेल्न सुरुवात गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *