दक्षिण कोरियामा कार्यरत एक २० बर्सिया नेपाली युवतीमा कोरोना सङ्क्रमण

१८ भदौ २०७७, बिहिवार/ काठमाडौँ- दक्षिण कोरियामा कार्यरत थप एक नेपालीमा कोरोना देखिएको छ। योसँगै कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या दुई पुगेको छ। यसअघि आजै (बिहीबार) पहिलो पटक त्यहाँको चुङचेंगनामको एक खिम्ची कम्पनीमा कार्यरत २० वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएका दोस्रो व्यक्ति पनि यसअघि कोरोना पुष्टि भएकी युवतीसँगै बस्ने साथी भएको एनआरएनए कोरियाका महासचिव विमल सुवेदीले बताए।

छुङ्छङनाम्दो छङयाङ विवोङम्यनमा अवस्थित खिम्ची (कोरियन अचार) बनाउने कम्पनीमा कार्यरत दुई नेपालीसँगै अन्य १७ जना श्रमिकहरुमा कोरोना पुष्टि भएको बताइएको छ । एनआरएनए कोरियाका महासचिव विमल सुवेदीले नेपालीमा संक्रमण पुष्टि भइसकेकाले थप सचेतना तथा सतर्कता अपनाउन दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपालीमा आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *