अ’ष्ट्रेलियाको एक समुद्री किनारमा भेटियो २६ वर्ष अगाडी हराएको वालेट

सिड्नी। अ’ष्ट्रेलियाको एक समुद्री किनारमा २६ वर्ष अगाडी हराएको वालेट भेटिएको छ। न्यु साउथ वेल्सका एक व्यक्तिको वालेट हराएको २६ वर्ष पछि फेला परेको हो।उक्त वालेट भित्र बैंकका कार्ड र ५ डलरको नोट समेत रहेको छ।सन् १९९४ को न्यु इयर इभमा Paul Davis साथीहरुसंग रमाइलो गर्नको लागि coastal town पुगेका थिएँ। त्यहाँ उनको वालेट हराएको थियो।

अहिले २६ वर्ष पछि, केही दिन अगाडी त्यहींका स्थानीयले उक्त वालेट भेटेर फेसबुकमा फोटो राखेका थिए। उक्त फोटो Paul Davis का आफन्तले देखेपछि उनलाई खबर गरिदिएका थिए। उक्त वालेट रियुनियन (पुनर्मिलन) स्वरुप सानो कार्यक्रम गरी उनलाई दिइने बताइएको छ। – स्रोत : हिमालयन कंगारो

यो पनि पढ्नुहोस ! अष्ट्रेलियाको न्यु साउथ वेल्सको ४९१ भिसाको लागि न्यु साउथ वेल्स बाहिर बस्नेले पनि एप्लाई गर्न पाउने

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य सरकारले ४९१ भिसा अन्तर्गतको नियममा परिवर्तन गरेको छ। परिवर्तित नियम अनुसार, न्यु साउथ वेल्स राज्य भन्दा बाहिर बस्नेहरुले पनि अब भिसाको लागि एप्लाई गर्न पाउनेछन्।न्यु साउथ वेल्स बाहिर बस्ने र न्यु साउथ वेल्सको ४९१ भिसाको लागि एप्लाई गर्न चाहनेहरुका लागि तीन सर्त राखिएको छ। ती ३ सर्त मध्ये एउटा सर्तभित्र पर्न सक्ने व्यक्तिले भिसाको लागि एप्लाई गर्न सक्नेछन्।

अन्य राज्यमा गरेको काम र अनुभव न्यु साउथ वेल्सको नोमिनेसन लिस्टमा भएको पेशाभित्र पर्नुपर्नेछ। र, न्यु साउथ वेल्स राज्यको कुनै संस्था या कम्पनीबाट कामको अफर आएको हुनुपर्नेछ।अष्ट्रेलिया भन्दा बाहिर बसेको भएमा सम्बन्धित काममा पाँच वर्षको अनुभव हुनुपर्नेछ र त्यो काम न्यु साउथ वेल्सको नोमिनेसन लिस्टमा भएको पेशाभित्र पर्नुपर्नेछ। परिवारको सदस्य न्यु साउथ वेल्समा बसोवास गरिरहेको हुनुपर्नेछ र आफ्नो काम नोमिनेसन लिस्टमा भएको पेशाभित्र पर्नुपर्नेछ। विस्तृत जानकारीको लागि >> SBS News

यो पनि पढ्नुहोस ! अर्थ’तन्त्रलाई उकास्न न्यु साउथवेल्सका प्रत्येक वयस्कलाई १०० डलरको भाउचर प्रदान गरिने

अस्ट्रेलिया :  न्यु साउथ’वेल्सका रेस्टुरेन्ट, क्याफे र मनोरंजन स्थलहरुमा प्रयोग गर्न राज्यका प्रत्येक वयस्कले १०० डलर सम्मको नि:शुल्क भाउचर पाउने भएका छन्।कोरोना भाइरसका कारण प्रभावित रहेको राज्यको अर्थतन्त्रलाई उकास्न भन्दै ५०० मिलियन डलरको लागतमा उक्त भाउचर प्रदान गर्ने योजना बेरेजिक्लियन सरकारले बनाएको हो।

ट्रेजरर डोमिनिक पेरोटेटले आज सार्वजनिक गर्न लागेका सन् २०२०/२१ को आर्थिक बजेटमा भाउचर वितरणको लागि चाहिने रकम छुट्टाइने छ।”आउट एण्ड अबाउट” नाम दिइएको उक्त योजनाका साथ् मानिसहरुलाई न्यु साउथ वेल्स भित्र घुमफिर गर्न प्रोत्साहित गर्ने लक्ष्यका साथ् रेस्टुरेन्ट र क्याफेहरुमा खाना खान देखि मनोरन्जन वा सांस्कृतिक कार्यक्रमहरुका लागि २५ डलरको चार ओटा भाउचर प्रदान गरिने छ।

“मानिसहरुले सुरक्षित रूपमा आफ्ना स्थानिय समुदायलाई सहयोग गरेको हामीले हेर्न चाहेका छौं, र पटक पटक ती व्यवसायहरुमा आफ्नो पैसा खर्च गर्न पनि हामी मानिसहरुलाई प्रोत्साहित गर्न चाहन्छौं,” ट्रेजरर पेरोटेट ले दि अस्ट्रेलियनलाई बताए।

सरकारका अनुसार आगामी डिसेम्बर महिना देखि उक्त भाउचरको परिक्षण सिड्नी सीबीडीका व्यवसायहरु बाट सुरु गरिने छ र सफल भए आगामी वर्षको पहिलो केहि महिना भित्र सर्भिस न्यु साउथ वेल्स मार्फत भाउचरको वितरण सुरु गरिने छ।यस पटकको बजेट पहिलो पटक घाटामा रहने बताइएको छ, जुन सन् २०१३/१४ पछिकै पहिलो पटक हुनेछ। स्रोत : एस बि एस नेपालि

 

सम्बन्धित समाचार

Leave a Comment