नोकियाले ल्यायो ट्रिपल क्यामरा सहित नयाँ मोडल ३.४, यस्ता छन् विशेषताहरू

७ मंसिर २०७७, आइतवार/ काठमाडौं- नोकिया मोबाइल फोन नयाँ मोडल ३.४ सार्वजनिक गरिएको छ। लामो समय अघिदेखि ल्याउने भनिएको नोकिया ३.४ मंसिर ७ गते सार्वजनिक गरिएको हो। यो मोबाइलमा क्वालकाम स्नैपड्रैगन ४६० अपरेटिङ सिस्टम छ। अल्ट्रा-वाइड लेन्स र एआई इमेजिङका साथ ट्रिपल रियर क्यामेराका अतिरिक्त एक पटक चार्ज गरेपछि २ दिनसम्म चल्न सक्ने शक्तिशाली ब्याट्रीका साथमा नयाँ मोडल सार्वजनिक गरिएको नोकियाले जानकारी दिएको छ।

नाइट मोडमा पनि उत्कृष्ट फोटो खिच्न सक्ने यो मोबाइल ग्रे रंगमा उपलब्ध छ। ३ जिबी प्राथमिक मेमोरी (र्‍याम) भएको मोबाइलमा ६४ जिबी क्षमताको आन्तरिक मेमोरी छ। यो मोबाइलको बजार मूल्य १८ हजार ७ सय रहेको कम्पनीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *