आज पनि घट्यो सुनको भाउ, तोलाको कती? हेर्नुहोस्
१५ मंसिर २०७७, सोमवार/ काठमाडौं : नेपाली बजारमा सुनचाँदीको भाउ लगातार घटेको छ। आज तेजावी सुनको तोलामा ७ सय र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन र चाँदीको भाउ ६ सय रुपैयाले घटेको थियो भने चाँदी १५ रुपैयाँले घटेको थियो। महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सयमा किनबेच भएको छापावाल सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजावी सुनको भाउ तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ।
आइतबार १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ सोमबार १ हजार १ सय २० मा झरेको छ।
