नाकको डण्डीफोर निचोर्दा अनुहार भयो यस्तो !

फिलिपिन्सकी किशोरी मेरी यान रेगाचोले नाकमा आएको डण्डीफोर निचोरेपछि अनुहार सुन्निएर बेलून जस्तो भएको छ। नाकको छेउमा आएको डण्डीफोर निचोरेपछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएर आँखा हेर्न समेत गाह्रो परेको उनले बताइन्। उनको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो।

अति भएपछि उनले डण्डीफोर निचोरिन् । त्यसको केही दिनपछि उनलाई दुख्न थाल्यो र अनुहार सुन्निन थाल्यो । उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *