सुनको भाउमा सामान्य गिरावट ,आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस्

२९ मंसिर २०७७, सोमवार/ काठमाडौँ । सोमबार स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार भने तोलामा एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार हिजो प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९२ हजार ४०० रुपैयाँ पर्नेछ । सोही परिमाणको तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ भने आज पनि स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

फाइल तस्विर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *